ताजा खवरहरु:

लिवरल नेतालाई १२ लाख डलरको चन्दाको चेक काण्डले तात्यो साउथ अष्ट्रेलिया

६ मार्च २०१७, एडिलेड- एक चाइनिज व्यापारीले साउथ अष्ट्रेलियाका लेवरका एक नेतालाई १२ लाख डलर चन्दा दिएको खबरले यसबेला साउथ अष्ट्रेलियाको रजनीति तातेको छ । साउथ अष्ट्रेलियामा संसदीय निर्वाचन आउन केही सातामात्र बाँकि हुदा यस्तो खबर सार्बजनिक भएकालेपनि यस्ले अत्याधिक चर्चा पाएको हो । लिवरलका नेतालाई दिइएको १२ लाखको चेक ट्वुिटरमार्फत सार्वजनिक गरेकि स्याल्लि जोउले हाल उक्त ट्विटभने हटाएकि छन । 

साउथ अष्ट्रेलिया संसदको प्रतिपक्षि नेता स्टेभेन मार्सलले अष्ट्रेलियन डलर १२ लाख चन्दा दिएकि रहस्यमयी स्याल्लि जोउल निकै पटक उनको घरमा आएको स्विकारेका छन । असगोल्ड मानिनिङ इनकर्पोरेसनकि मालिक्नि जोउ शुक्रबारको उनको ट्विटपछी आफु त  निरन्तर चर्चामा छिन, लिबरल पार्टी र उक्त दलका नेता स्टेभेन मार्सललाई समेत चर्चामा ल्याइदिएकि छन । मानिसहरुले स्टेभेन मार्सलको जनवरी २१ को बर्थडेसँग उक्त चन्दालाई जोडेर चर्चा गरिरहेका छन् ।

शुक्रबार बिहान रेडियो एबिसीलाई दिएको अन्तरवार्तामा स्टेभेन मार्सललर ति उद्योगपति महिला उनको घरमा आउनेगरेको स्विकारेपनि सामाजिक सञ्जालमा भइरलभएबमोजिमको चेक आफुले नपाएको बताएका छन । मार्सलले स्याल्लि अष्ट्रेलियाकि लगानीकर्ता भएको र आफुहरुलाई लगानी गर्ने मान्छे चाहिने भएकाले घरमा हुने कार्यक्रमहरुमा उनलाई बोलाउने गरेको प्रतिकृया दिए । “उनी हाम्रो खानामा लगानी गर्न इच्छुक छन र हाम्रा खानाहरुलाई अन्तराष्ट्रिय बजारमा लैजान चाहन्छिन ।” मार्सलले थपे । मार्सलले यस्ता चन्दा स्विकार गरिए नगरिएको बारे पार्टीका निर्देशकलाई सोधिनुपर्ने जिकिर गरे ।

लिवरल पार्टी साउथ अष्ट्रेलियाका निर्देशक साचा मेलड्रमले एक प्रेस बिज्ञप्तिमार्फत साउथ अष्ट्रेलियाको लिवरल पार्टीले चर्चामा रहेकोजस्तो कुनै चन्दा नलिएको  बताए । बिज्ञप्तिमा साउथ अष्ट्रेलियाको लिवरल पार्टी पुर्णरुपमा राज्यको नियमअनुसार चलेको र आगामी दिनमा पनि चल्ने बताए ।

साउथ अष्ट्रेलियामा अष्ट्रेलियन डलर ५ हजार १ सय एकानब्बे भन्दा बढी चन्दा लिएमा निर्वाचन आयोगको चन्दा रेजिष्ट्रारलाई जानकारी गराउनुपर्ने प्रावधान छ । हालसम्म कुनै त्यस्तो जानकारी नआएको साउथ अष्ट्रेलियाको निर्वाचन आयोगले बताएको छ । तथापि, साउथ अष्ट्रेलियाको निर्वाचन आयोगको चन्दा रेजिष्ट्रारले २०१७ को मार्चदेखी २०१८ को मार्चसम्मको अवधिमा लिवरल पार्टिलाई जोउले ३ लाख डलरभन्दा बढी चन्दा दिइसकेकेको जनाएको छ ।

स्याल्लि जोउ साउथ अष्ट्रेलियामा निकै चर्चित रहेपनि उनलाई व्यापारीक कारणबाट निकै कमले चिन्छन । ब्रोकन हिलमा उनको माइनिङको प्लान्ट चलाउने योजनापनि बन्द छ । अष्ट्रेलियाका कन्ट्र्याक्टरहरुले उनले ढिलो रकम भुक्तानी गर्ने गरेको बताएका छन । धेरैले उनलाई चिनिया सरकारसँग नजिक रहेको अनुमान गर्छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading