फेरी हार्यो नेपाल
अफगानलाई अग्रता दिलाए।इन्जुरी टाइमको पहिलो मिनेटमा साहिद मोहम्मदले पेनाल्टीमागोल थप्दै अफगानिस्तानको विजय सुनिश्चित गरेका थिए। सुलभ मास्केले डी बक्समा फाउल गरेपछि अफगानले पेनाल्टी पाएको हो।सुलभ ४६औं मिनेटमा प्रकाश बुढाथोकीको स्थानमा मैदान छिरेका थिए। ७५औं मिनेटमा कप्तान जगजित श्रेष्ठलाई हेमन्त थापामगरले स्थानान्तरण गरेका थिए।
नेपालका प्रशिक्षक ज्याक स्टोफानोस्कीले रणनीतिअनुसार टोलीले खेल्न नसकेको बताए।
समूह ‘सी’ मा नेपाल बाहेक सबैले एक खेल जित्दै ३ अंक जोडेका छन्। आयोजक इरान, अफगानिस्तान, प्यालेस्टाइन र साउदी अरेबियाले समान ३ अंक जोडेका छन्। नेपालले आइतबार साउदी अरेबिया र मंगलबार प्यालेस्टाइनसँग खेल्नेछ।
एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गरेको छनोटको समुह ‘सी’ को विजेताले अर्को वर्ष कतारमा हुने एएफसी यु–२३ च्याम्पियनसिप खेल्नेछ। एएफसीले विभिन्न १० देशमा छनोट चरण खेल गरिरहेको छ।
१० समूहको विजेता र ५ उत्कृष्ट उपविजेता गरी १५ टोलीले कतारमा खेल्ने अवसर पाउनेछन्।
कतारमा हुने फाइनल चरणलाई ब्राजिलमा सन् २०१६ मा हुने ओलम्पिकको एसियाली छनोटका रूपमा पनि लिइएको छ। यु–२३ को फाइनल चरणको उत्कृष्ट तीन टोलीले एसियाबाट ब्राजिल ओलम्पिकका लागी छानिने छन।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस