ताजा खवरहरु:

३९ हजार उठाइ ४१ हजार खर्च

४ मार्च २०१८, सिड्नी- गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१७-१९ को सामाजिक कल्याण र विद्यार्थी कल्याण कोषको विवरण सार्वजनिक गरेको छ । संघले सामाजिक संञ्जाल फेसबुकमार्फत हिसावकिताव सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विवरण अनुसार सन २०१५-१७ मा विद्यार्थी सामाजिक कल्याण कोषमा गरि जम्मा अष्ट्रेलियन डलर ३८ हजार ८ सय ८३ संकलन भएको देखिन्छ । साथै संघले उक्त समयावधिभित्र २४ जनालाई अष्ट्रेलियन डलर ४१ हजार ७ सय खर्च गरेको जनाएको छ । यसरी उक्त अवधीमा एनआरएनए बाट सहयोग पाउनेमा १५ जना विद्यार्थी, ६ जना झष्ट्रेलिया घुम्न आएका अभिभावक, २ जना स्थाइ बासिन्दा र एक जना अस्थाइ बासिन्दा रहेको बताइएको छ । १५ जना विद्यार्थीलाई जम्मा २४ हजार ५ सय खर्च भएको पनि बताइएको छ । यसरी सहयोग पाउनेमा विद्यार्थीमा ५ जनाले स्वास्थ समस्याका कारण र १० जनाको मृत्यु भएका कारण सहायता पाएका हुन् । 

यसरी विगतको विवरण सार्वजनिक गर्दै सस्थाले अष्ट्रेलियामा बढ्दै गरेको नेपाली समुदायमा भविष्यमा हुनसक्ने समस्याहरुसँग लड्न तयार अवस्थामा रहन सबैलाई आगामी वल्क फर वेल्फेयरमा सहभागी हुन आग्रह गरेको छ । वल्क फर वेल्फेयर कार्यक्रममा सहभागी हुन यस लिङ्कमा क्लिक गरेपछि प्राप्त हुने फर्म भर्नुपर्ने छ । संघले सिड्नीमा १० मार्च, क्यावेरामा १७ मार्च, ब्रिसवेनमा १८ मार्च, एडिलेडमा २४ मार्च र मेलवर्नमा २९ अप्रिलमा वल्क फर वेलफेयरको मिति सार्वजनिक गरिसकेको छ भने डार्विन र पर्थको मिति चाडै सार्वजनिक गर्ने बताएको छ ।

संस्थाले सन् २०१५-१७ मा एकलाख डलर उठाउने लक्ष्य राखेको भएपनि करिव ४० हजार डलरमात्र संकलन गर्न सफल भएको थियो । यसपाली पुन: एकलाख डलरको लक्ष्यका साथ संघ अगाडी बढेको छ । मार्च २४ मा एडिलेडमा हुने कार्यक्रममा संघका अध्यक्ष टोनु घोताने, नारी निकुञ्ज संयोजक प्रतिज्ञा अधिकारी लगायत अन्य पदाधिकारी सहभागी हुने बताइएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading