ताजा खवरहरु:

मार्चमा एनआरएन अष्ट्रेलियाको ‘वल्क फर वेलफेयर’, एकलाख डलरको लक्ष्य

२८ जनवरी २०१८, सिड्नी- गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले आगामी मार्चमा पुन: 'वल्क फर वेलफेयर' कार्यक्रमको आयोजना गर्ने भएको छ । अष्ट्रेलियाका सबै राज्यमा आयोजना गरिने लक्ष्य राखिएको यस कार्यक्रमबाट कुल १ लाख डलर संकलन गर्ने लक्ष्य राखिएको आइतवार गरिएको प्रेस सम्मेलनका क्रममा बताइयो । अष्ट्रेलियाभरिबाट जम्मा १ हजार जना 'वल्क फर वेलफेयर' मा सहभागीता रहने एनआरएनको अनुमान रहेको छ । सिड्नीबाट ५ सय र अन्य राज्यहरुबाट ५ सय जनाको सहभागीता रहने छ । संकलित रकममध्ये ४० प्रतिशत राज्यमा रहने र ६० प्रतिशत केन्द्रले आवश्यकता हेरी खर्चने बताइएको छ । राज्यमा कार्यक्रम आयोजना हुने मितिहरुपनि छिट्टै टुङ्गो लगाइने बताइएको छ ।

नेपाली समुदायभित्र उत्पन्न हुने विभिन्नखाले  समस्याहरु समाधानका लागी अर्थ संकलनार्थ गरिने ‘वल्क फर वेलफेयर’ कार्यक्रमले विभिन्न समयमा विभिन्न आलोचनाहरु झेल्दै आइरहेको छ । महिला हिंसा र  विद्यार्थी समस्या समाधानमा प्रभावकारी भुमीका खेल्न नसकेको, आर्थिक पारदर्शिता लगायतका कुराहरु यसले झेल्ने आलोचनाका केही विषयबस्तुहरु हुन् । अष्ट्रेलियाभित्रबाट मात्र नभएर नेपालबाट पनि प्रवासका नेपाली संघसस्थाहरु मरिसकेपछि नेपाल लास  पठाउनमात्र सक्रिय हुनेगरेका आरोपहरुपनि लाग्ने गरेका छन् । आलोचनाहरुमाझ सहभागीता जुटाउदै कार्यक्रम आयोजना गरी विगतदेखी लागेका आरोप र आलोचनाहरुलाई छिचोल्दै अगाडी बढ्नु वर्तमान कार्यसमितिलाई ठुलो चुनौति रहेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading