पप सम्राटको दुबै मृगौला फेल, इनास अमेरीकाले थाल्यो सहयोग संकलन
७ डिसेम्बर २०१७, सिड्नी- कुनै बेला पप सम्राट भनेर चिनिने ओम विक्रम विष्ट हाल मृत्युसँग संघर्ष गरिरहेका छन । उनको दुबै मृगौला खराव भएको छ । हाल हप्तामा तीनपटक डाइलोसिस गर्दै गरेका गायक बिष्टलाई बचाउनका लागी मृगौला प्रत्यारोपण गर्नैपर्ने हुन्छ र मृगौला प्रत्यारोपण महंगो उपचार पद्दति हो । प्रवासमा रहेर नेपाली कलाकारहरुलाई आपत पर्दा मनैदेखी सहयोग गर्ने संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) ले गायक बिष्टको उपचारका लागी सहयोग संकलन शुरु गरेको छ ।
उनकै सहयोगका लागी इनास अमेरीकाले आगामी जनवरी २० तारिखमा अमेरीकामा सास्कृतिक कार्यक्रम समेत गर्ने तयारी गरेको छ । बिष्टको सहयोगमा आयोजना गरिने कार्यक्रममा अमेरीकाका कलाकारहरुले निशुल्क प्रस्तुति दिने इनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले बताए ।
विश्वभर छरिएर रहेका नेपालीहरुले गो फन्ड को माध्यमबाटसमेत कलाकार बिष्टको उपचारार्थ सहयोग गर्न सक्नेछन । गो फन्ड मार्फत हालसम्म करीब एक हजार अमेरीकि डलर संकलन भइसकेको छ । सत्तरी भन्दा बढी देशमा शाखा फैलिएको इनासको माध्यमबाट विश्वभर फैलिएका नेपालीहरुले पहिलापनि धेरै कलाकारहरुलाई विपदमा सहयोग गरेको स्मरण गर्दै गायक बिष्टलाई पनि नेपालीहरुले अकालमा मर्न नदिने विश्वास इनासका ग्लोबल प्रवक्ता रामकृष्ण निरौलाले ब्याक्त गरे ।
“केही अगाडी निकै जटिल अवस्थामा रहेका दिपक क्षेत्रीपनि नेपालीहरुको सहयोगका कारण उपचार पाए । बिस्टले पनि चाडै उपचार पाउनेछन । ” निरौलाले भने ।
अमेरीकामा रहेका बिष्ट उपचार खर्च जम्मा भइसकेपछी अमेरीकामा बसेर प्रत्यारोपण गर्न बर्षौं कुर्नुपर्ने भएका कारण भारत गइ मृगौला प्रत्यारोपण गर्ने मनस्थितिमा रहेको बुझिएको छ । उनको दुबै मृगौला प्रत्यारोपण गर्न करिब ५० लाख नेपाली रुपया लाग्ने बताइएको छ ।
“म मौनतामा अल्झिरहेको…” लगायतका चर्चित गीत गाएका बिष्ट ३ दशकदेखी नेपाली सांगितिक क्षेत्रमा छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस