गर्मीले पग्लियो अष्ट्रेलियाको राजमार्ग
६ जनवरी २०१७, एडिलेड- एकै देशको महादेश अष्ट्रेलिया संसारको अत्याधिक गर्मी हुनेमध्येको ठाँउ हो । समुद्री तटमा बसोबास रहेको र अधिकासं भित्रि भाग मरुभुमी रहेको रहेको अष्ट्रेलियाको हालको तापक्रम अत्याधिक रहेको छ । तातोवायु आज यति तातो छ कि भिक्टोरिया राज्यअन्तरगतको हुम हाइवेको १० किलोमिटर सडकखण्ड पुरै पग्लिएको छ । तातो मौसमका कारण आगो बाल्न पुर्ण रुपमा बन्देज लगाइएको हुम हाइवेको १० किलोमिटर सडकखण्ड पग्लिएको छ ।
अष्ट्रेलियाको सिड्नी, मेलवर्न, एडिलेडलगायतका शहरहरुमा तातो बायु बहने क्रम जारी छ । मेलवर्नको तापक्रम आज ४१ डिग्री सेन्टिग्रेड पुग्यो भने सिड्नी र एडिलेडको तापक्रम ४० रह्यो । यसरी बढेको तापक्रमका कारण कतिपय सवारी साधनका टायरहरु सडकमै पग्लिएर सडकजामसमेत गरेका थिए । तापक्रम बढेसँगै अष्ट्रेलियाका बिचहरुमा मानिसहरुको संख्या बाक्लिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस