ताजा खवरहरु:

अष्ट्रेलियामा एकै सातामा तीन नेपालीको मृत्यु, दुइको आत्महत्या

६ जनवरी २०१८, सिड्नी- नेपालमा रोजगारीको अवस्था नराम्रो भएपछी पछिल्लो समयमा विदेसिने नेपालीहरुको संख्या बढ्दो छ । खाडि मुकुकमा जानेहरुको अवस्था निकै दयनिय छ । प्लेनमा  गएर वाकसमा फर्किनेहरुको संख्खा बढिरहेको अवस्थामा अमेरीका, अष्ट्रेलियालगायतका देशमा जाने नेपालीहरुको संख्यासमेत बढ्न थालेको छ । हालको नेपालीहरुको सबैभन्दा राम्रो विकल्पका रुपमा मानिएको अष्ट्रेलियामा गत हप्ता तिन नेपालीको मृत्यु भयो ।

यसरी मर्ने तीन नेपालीमा २३ बर्षिय अस्मीता रीजाल, ३५ बर्षिय तृप्ती पाण्डे र देवी कुमारी अधिकारी रहेका छन । देवी कुमारी अधिकारी अष्ट्रेलियामा रहेकि छोरी भेट्न आएकि अभिभावक हुन । छोरीको ग्राजुएसन सेरेमोनीमा सहभागी हुन आएकि अधिकारीको मृत्युलाई स्वबाविक मान्न सकिन्छ । तर, अष्ट्रेलियामा पठनपाठन गरिरहेकि २३ बर्षिय अस्मीता रीजाल र  ३५ बर्षिय तृप्ती पाण्डेको मृत्यु स्वभाविक होइनन् । दुबै आत्महत्या हुन ।

२३ बर्षिय अस्मीता डिप्लोमा पढ्दै गरेकि विद्यार्थी हुन भने तृप्ती स्टाफ नर्स रहेको बुझिएको छ । पढ्दै गरेकि विद्यार्थी अस्मीताले विद्यार्थी जीवनको संघर्षका कारण आत्महत्या गरेको मान्ने हो भने स्थापित भइसकेकि तृप्तीको मृत्युको कारण के मान्ने? तृप्तीको बच्चासमेत भइसकेको बुझिएको छ ।

अष्ट्रेलियामा रहेका गैर आवासीय नेपाली संघलगायतका नेपाली संघसस्थाहरुले निर्वाचनताका यस्ता घटनाहरुको न्युनिकरणका लागी पहलकदमि गर्ने भन्ने विचारहरु प्रसस्त राख्ने गरेका भएपनि कार्यान्वयनपक्ष भने निकै फितलो रहदै आएको छ । मृत्यु भइसकेपछी लासलाई ठेगान लगाउन भने नेपाली संघसस्थाका कदमहरु सराहनिय हुनेगरेका छन । यस्ताखाले घटनाहरुको न्युनिकरणका लागी नेपाली संघसस्थाहरु थप सक्रिय हुन जरुरी देखिन्छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading