मेलवर्नमा कारले १६ जनालाई ठक्कर दिएपछी स्थिति तनाबग्रस्त, मच्चियो भागाभाग
२१ डिसेम्बर २०१७, मेलवर्न- मेलवर्नमा एउटा कारले १६ जना बढीलाई टक्कर दिएपछी स्थिति तनाबग्रस्त बनेको छ ।घाइते हुनेमा एकजना बच्चापनि रहेका छन । मेलवर्न शहरको फ्लिडर स्ट्रिटमा कारले सडकभन्दा बाहिर मान्छे हिड्ने ठाउमा आएर ठक्कर दिएपछी घटना घटेको हो ।
प्रहरीले ड्राइभर र उनका साथ कारमा रहेका अर्का एक ब्याक्तिलाई पक्राउ गरेको छ । मेलवर्न प्रहरीका प्रवक्ताले घटना जानीजानी गराइएको तर कारण भने हालसम्म पत्ता नलागिसकेको पत्रकार सम्मेलनमा बताएका छन । उनले १४ जनालाई अस्पताल लगिएको र बहुसंख्यक गंभिर रहेको बताए ।
घटना बिहिबार दिउसो ४:४१ बजेको हो । प्रत्यक्षदर्शीहरुले ठक्कर पछी मान्छेहरु भागाभाग भएको बताए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस