चन्द्र योञ्जनले नेपाली सामुदायिक भवनका लागी ८० लाख दिने
२१ डिसेम्बर २०१७, मेलवर्न- नेपालीहरुले गौरब गर्ने गरी अष्ट्रेलियाको भिक्टोरीया राज्य अन्तरगतको मेलवर्न शहरमा बनाउन लागिएको नेपाली सामुदायिक भवनका लागी समाजसेवी चन्द्र योञ्जनले अष्ट्रेलियन डलर १ लाख (नेपाली करिब ८० लाख रुपया) सहयोग गर्ने घोषणा गरेका छन ।
मेलवर्नमा नेपाली सामुदायिक भवन निर्माणार्थ नेपालका प्रसिद्द पण्डित दिनबन्धु पोखरेलको वाचनमा सप्ताह कार्यक्रमको आयोजना गरिएको छ । सप्ताह कार्यक्रमको आयोजनाबाट आयोजक भवन निर्माणाका लागी गठन गरिएको अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले १५ लाख डलर संकलन गर्ने लक्ष्य लिएको छ । मेलवर्नमा रहेको नेपालीहरुको कलेज रोयल गुर्खाज इन्स्टिच्युट अफ टेक्नोलोजीका मालिक समेत रहेका योञ्जन लामो समयदेखी मेलवर्नका लागी नेपाल सरकारका अवैतानिक वाणिज्यदुतसमेत हुन । योञ्जन भिक्टोरीयाको नेपाली समुदायमा बिगत लामो समयदेखी सक्रिय छन ।
सप्ताह आयोजनाको तेस्रो दिनसम्ममा अष्ट्रेलियन डलर २ लाखभन्दा बढीको प्रतिबद्दता आपसकेको आयोजकले बताएका छन । डिसेम्बर २४ सम्म चल्ने सप्ताहबाट नेपाली सामुदायिक भवनका लागी जम्मा १५ लाख अष्ट्रेलियन डलर संकलन गर्ने उदेश्य आयोजकहरुको रहेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस