ताजा खवरहरु:

झापाली समाज अमेरिका च्याप्टर गठन

२० डिसेम्बर २०१७, अमेरीका- क्षेत्रिय विकाश र समन्वयका लागी त्यहि स्थानका प्रवासीको योगदानको अवधारणा अनुसार विश्वभर सञ्जाल फैलाउदै लगेको झापाली समाजले अमेरीकामा पनि आफ्नो सञ्जाल विस्तार गरेको छ ।  अमेरिकामा रहेका झापाली तथा स्वदेशमा आपत विपतमा सहयोग गर्दै आफ्नो जन्मभूमि र देशको बिकासमा सहयोग पुर्याउने उदेृश्यका साथ झापाली समाज अमेरिकाको गठन भएको हो ।अमेरिका निवासी बरिष्ठ समाजसेवी एबं झापाली अग्रज डा. शम्भु ढुंगानाको सभापतित्वमा भएको बैठकले क्यालिफोर्निया निवासी श्री मुकुन्द ढुंगानाको अध्यक्षतामा बाक़ी सदस्य गठित कार्यसमितिले मनोनीत गर्ने गरी गठन भएको हो । समितिमा २५ सदस्यसम्म रहन सक्ने छन । 

कार्यक्रमलाई समाजसेवी हेम पाठक अतिथि र अन्तराष्ट्रीय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले विशेष अतिथीको रुपमा सम्बोधन गर्नु भएको थियो । भेलामा एन आर एन आइ सि सी सदस्य बेद बस्नेत, एन आर एन अमेरिकाका उपाध्यक्ष राम कुमार सुवेदी, डा.गोपी उप्रेती लगायतले सम्वोधन गर्नु भएको उक्त भेलाको सन्चालन निलम बिमलीले गर्नु भएको थियो । भेलाले डा. शम्भु ढुंगाना, हेम पाठक, डा. गोपी उप्रेती, प्रेम संग्रौला, डा. तुलसी उप्रेती, साहित्यकार कृष्ण धराबासी र डा. मदन उप्रेती रहेको सात सदस्यीय सल्लाकार समितीको पनि चयन गरेको छ । समाजको पदाधिकारीहरुमा अध्यक्ष-मुकुन्द ढुंगाना उपाध्यक्षहरु साहित्यकार सिता पाण्डे, प्रदीप तिम्सिना अनिल ओली महासचिव निलम बिमली र सदस्यहरुमा डा. लिला खतिवडा, डा. खगेन्द्र दाहाल, डिल्ली थापा, डा.पर्शुराम दाहाल, मोहन निरौला, मोहन ओली, गोपाल प्याकुरेल, विदुर खतिवडा, याम सिटौला,सावित्रा ओली, कविन्द्र सिटौला, टिका पौडेल र बादल भुजेल लगायतलाई चयन गरेको छ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading