ताजा खवरहरु:

कठिन बन्दै अष्ट्रेलिया, आप्रवासीले सुविधाका लागी ३ बर्ष कुर्नुपर्ने

१८ डिसेम्बर २०१७, क्यानवेरा- नेपालीहरुको आकर्षक गन्तब्य बनिरहेको अष्ट्रेलिया आप्रवासीहरुका लागी दिनानुदिन कठिन बन्दै गइरहेको छ । पछिल्लो समयमा सरकारले आप्रवसीले सरकारबाट पाउने अष्ट्रेलियन नागरीकसरहका सेवा सुविधा पाउन कम्तिमा ३ बर्ष कुर्नुपर्ने ब्यवस्था लागु गरेको छ । यसअधिसम्म आप्रवासीहरुले अष्ट्रेलिया आउनासाथ त्यस्ता सेवासुविधा पाउने गरेका थिए । परिवर्तन सन २०१८ को जुलाईबाट लागु हुनेछ ।

अष्ट्रेलियन सरकारका अर्थमन्त्री स्कट मरिसनले मध्य बर्षिय बजेट विष्लेषणका क्रममा नया नियम लागु गर्दै सरकारको खर्च कम गर्न यस्तो नियम ल्याएका बताएका छन । यसो गर्दा सरकारलाई १.३ बिलियन अष्ट्रेलियन डलर बचत हुने सरकारको बुझाइ छ ।  अष्ट्रेलियामा रहेका विभिन्न जातिय समुहहरुले भने यसले अष्ट्रेलियामा बसोबास गर्न चाहनेहरुलाइ अप्ठ्यारो पार्ने भन्दै यसको विरोध गरेका छन ।

परिवर्तनबाट न्युजिल्याणका नागरीक र अति संवेदनसिलहरु भने प्रभावित नहुने बताइएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading