ताजा खवरहरु:

मेलबर्नमा सप्ताहबाट १५ लाख डलर उठाउने लक्ष्य, हालसम्म १.३५ लाख डलर संकलन

१२ डिसेम्बर २०१७, मेलबर्न- मेलबर्नमा कम्युनिटि भवन निर्माणार्थ १८ डिसेम्बर देखि हुने सप्ताहबाट १५ लाख अष्ट्रेलियन डलर संकलन गर्ने लक्ष्य लिइएको छ । हालसम्म कम्युनिटि भवन निर्माणका लागी अष्ट्रेलियन डलर १ लाख ३५ हजार संकलन भैसकेको छ भने ५० हजारको प्रतिवद्दता आइसकेको बताइएको छ ।

सप्ताह १८१ William Street, St Albans अवस्थि

त माता चिन्तापुरी हिन्दु मन्दिरमा हुदैछ । सप्ताह वाचन नेपालका प्रसिद्द पण्डित दिनबन्धु पोखरेलले गर्नेछन । सप्ताहवाचनको कार्यक्रम १८ देखी २४ डिसेम्बरसम्म हरेक दिन अपह्रान ३ बजेदेखी रातको ९ बजेसम्म हुनेछ ।

भिक्टोरियामा सन १९९७ मा नेपालीहरुको समाज ‘नेप्लिज एसोसिएसन भिक्टोरिया’को शुरुवात भएदेखी नै नेपालीहरुको आफ्नै सामुदायिक भवनको परिकल्पना गरिएको थियो । त्यहि सपनालाई साकार पार्न केही बर्षअधि नेप्लिज एसोसिएसन भिक्टोरियाका पुर्व अध्यक्ष राजन वैद्यको अध्यक्षतामा कम्युनिटि भवन निर्माण प्रयोजनका लागी ‘अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर’ खोली भवन निर्माणको जिम्मा दिएइको थियो । उक्त सेन्टरको आयोजनामा भवनका लागी अर्थ संकलन गर्नका लागी सप्ताहको आयोजा गरिएको हो । वैद्यले उक्त सप्ताहमार्फत कम्युिनिटि भवनका लागी १५ लाख अष्ट्रेलियन डलर संकलन गर्ने लक्ष्य रहेको बताएका हुन ।

कम्युनिटि भवनको निर्माणपछी मेलबर्नमा नेपालीहरुको छुट्टै कम्युनिटि भवन हुनेछ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading