ताजा खवरहरु:

 क्लिनिङ्ग कम्पनीबाट ठगिएका आशिषले अष्ट्रेलियामा पाए ५० हजार डलर क्षतिपुर्ति

Image: Internet

१० डिसेम्बर २०१७, मेलबर्न- अष्ट्रेलियामा कामको सिलसिलामा ठगिने नेपालीको संख्या धेरै छ । तर पछिल्लो समयमा न्याय खोज्न जाने क्रम बढेपछी नेपालीहरुले क्षतिपुर्ति पाउने क्रमपनि बढेको छ । साउथ अष्ट्रेलियाका मिलन दाहालले काम लगाएर पैसा नदिने वा कम पैसा दिनेका लागी कानुनी लडाइ लड्ने कार्यको शुरुवात गरेपछी पछिल्लो समय नेपालीहरुमा पनि कानुनी लडाई लडेर क्षतिपुर्ति लिइछाल्ने सिलसिलाको शुरुवात भएको छ । यसको पछील्लो उदाहरण हुन मेलबर्नका आसिष परीयार जसले कम ज्यालामा काम लगाउने कम्पनिसँग कानुनी लडाइ जितेर ५० हजार क्षतिपुर्ति पाउन सफल भए ।

नेपालका आशिष परियारलाई मेलबर्नको एक क्लिनिङ कमपनीले १४ डलर प्रतिघण्टा का दरले ३ बर्षसम्म काम लगायो । त्यस अवधिमा उनले सुपर एनुएसन र पे स्लिप कहिल्यै पाएनन । ना काम गरेबापत पाउने कुनै बिदा नै पाए ।

पोखराका आशिषले स्वास्थ सेवा संघ (Health Services Union) को सहयोगमा Guardian Property Services भन्ने कम्पनीबाट क्षतिपुर्ति पाएका हुन ।

अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले लेखेको छ ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading