राजु कान अब निर्देशक, अष्ट्रेलियामा खिचिएको म्युजिक भिडियो सार्वजनिक
६ डिसेम्बर २०१७, ब्रिसबेन- शिक्षा, रोजगारी र बसोबासका लागी आकर्षक गन्तब्य बनिरहेको अष्ट्रेलिया पछिल्लो समयमा नेपाली गीत तथा चलचित्रकोसमेत राम्रो बजार बनिरहेको छ । त्यसो त निकै राम्रा गीत रेकर्डिङ र छायांकनसमेत पछिल्लो समयमा अष्ट्रेलियामा प्रसस्त हुनथालेका छन ।
अष्ट्रेलियाको ब्रिसबेनमा रहेर खासगरी मोडलिंग र अभिनयमा सक्रिय रहेका राजु कानको निर्देशनमा केही दिनअघि एक म्युजीक भिडियो सार्बजनिक भयो । शशांन कंडेलको स्वर, शब्द र संगीतमा ‘शाहारा’ एल्बममा समाबेश भएको “जानेभए जाऊ” बोलको गीतको म्युजीक भिडियो सार्बजिनक भएको हो । अस्ट्रेलिया र नेपालमा छांयाकंन भएको उक्त म्युजिक भिडियोमा नेपाली कलाकारहरू भानु, प्रतिभा र दिनेशलाई देख्न सकिन्छ । भिडियोमा विदेशी कलाकार एमीको समेत अभिनय रहेको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ब्रिसबेनका अध्यक्षसमेत रहेका राजुले दर्जन भन्दा बढी भिडियो अभिनय गरिसकेका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस