ताजा खवरहरु:

बुद्दवारेको अभिब्यक्तिले घटाइदिएको दलाई लामाको कद

२२ नोभेम्बर २०१७, एडिलेड- विश्व शान्तिका अग्रतूत, गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरामा कुनै शंका छैन र सत्यलाई केही समय छोपेर राख्न सकिएला तर परीवर्तन किमार्थ गर्न सकिन्न । भारतले समयसमयमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर गलत प्रचार गरिरहेपनि पछिल्लो समयमा विदेशमा नेपालीहरुको बसोवासमा भएको विस्तारसँगै यसरी फैलाईएको भ्रम चिरिदै गइरहेको छ । नेपालको तराई र विश्वका विभिन्न मुलुकका पाठ्यक्रममा बुद्ध भारतमै जन्मिएका भनेर पढाइन्थ्यो जुन अहिले सच्चिदै गइरहेको छ । सञ्चारकर्मी रवी लामिछानेले सवैभन्दा लामो टिभि सोमार्फत गिनिज बुकमा नाम लेखाउदै दिएको बुद्द नेपालमै जन्मिएको सन्देश  र विश्वभर रहेका नेपालीहरुको अथक प्रयासले यो  भ्रामक प्रचारको प्रभाव क्रमश घट्दै गएको छ ।

 विश्वभरीका तिब्बती बौद्ध धर्मावलम्बीहरु बोधीशत्व आर्य अवलोकितेश्वरका जिवित अवतारका रुप बौद्ध धर्मका अनुयायी तथा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधीशत्व दर्शनमा आधारित अवतारवादको अटुट श्रृंखला मानिने दलाई दामाले एउटा कार्यक्रममा बुद्ध लुम्बिनीमा जन्मेको नभइ भारतमा जन्मेका भन्ने अभिब्यक्ति दिएपछी अहिले यसको व्यापक आलोचना भएको छ । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ । दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यतः गेलुक सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रुपमा श्रद्धा गरिन्छ । यिनै दलाई लामाले बुद्धकोजन्मथलोका बारेमा दिएको भ्रामक अभिव्यक्तिले उनको कद अरु घटेको छ ।

जब गुरु नै भ्रम सिर्जना गर्नउद्यत हुन्छ भने त्यस्ता गुरुका चेला कस्ता होलान् ? अहिले यस्तै प्रश्न उठाएका छन् बौद्ध धर्मगुरु भनेर चिनिने भारत निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले । लामाले बुद्धको जन्मथलोका बारेमा भारतमा बसेर भ्रामक अभिव्यक्ति दिएका छन् ।

भारतमा बसेर पश्चिमा मुलुकको डलर खाएर चीनबिरोधी गतिविधि गरिरहेका दलाई लामाको यस्तो अभिब्यक्ति  दलाली बाहेक केही हुनै सक्दैन । भारतमा शरण लिएरपछि भारतकै नूनको सोझो गर्नैपर्यो, लामाले त्यही गरे । आफ्नो मुलुकभित्र अरुको उक्साहट र लगानीमा गतिविधि गर्नेहरुले अर्को मुलुकमाथि भ्रम फैलाए भनेर आश्चर्य नमाने पनि उनी जुन धर्मको आडमा आफूलाई श्रेष्ठ ठानिरहेका छन् त्यही धर्मका प्रणेताको जन्मथलोका बारेमा भ्रम सिर्जना गर्नु लज्जाको विषय हो । धर्मको आडमा दलाली गर्नेहरुको एक निकृष्ट नमुनाका रुपमा लामाको नाम इतिहासमा लेखिने नै छ ।

केही समयअघि बुद्ध नेपालमा नभएर भारतमा जन्मिएका हुन भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेतले पश्चिमा मुलुक र राष्ट्रसंघमा भाषण गरेको भएपनि नेपाल भ्रमणका ताका मोदी सच्चिइसकेका छन ।  गैरआवासीय नेपालीहरुले विश्वव्यापी रुपमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियान चलाईरहेका छन । तर बुद्धअवतारका रुपमा आफूलाई चिनाउने १४ औं दलाई लामाले बुद्ध लुम्बिनीमा जन्मेको हैन भनेर भाषण गर्नुको भित्री कारण भारत र पश्चिमा मुलुकलाई रिझाउनु बाहेक केही हुन सक्दैन भन्ने  विश्लेशण पछिल्लो समयमा बौदिकहरुमाझ हुन थालेको छ ।

वुद्ध धर्मका धर्मगुरु दलाई लामाले बुद्धकै बारेमा भ्रम फैलाउनुलाई उनको अज्ञानताका रुपमा भने किमार्थ लिन सकिदैन । उनलाई वुद्दका बारेमा अवश्यपनि पुर्ण ज्ञान छ । तर चीनले तिब्बतबाट धपाएपछी भारतको पालनपोषणमा बाचेका लामाको भारतको पक्षपोषण नगर्दा भारतको समेत साथ नपाउने भयका कारण यसो गरेको कुरामा कुनै दुइमत छैन ।  उनलाई अमेरिकी एवं पश्चिमेली शक्तिहरुले तिब्बतको माध्यमबाट चीन विरोधी उनीहरुको राजनीतिमा भरपुर प्रयोग गर्दै  आइरहेका छन् । ‘जसको सिता खानु उसैको गीता गाउनु’ भन्ने नेपाली  उखान चरितार्थ गरेका लामाको प्रयोगबाट बुद्द भारतमा जन्मिएको भ्रम भारतले फैलाउन सक्ने अवस्था भने देखिदैन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading