ताजा खवरहरु:

नेपाल आइडल अष्ट्रेलियामा, एडिलेडमा पनि कार्यक्रम

एडिलेडमा उडभिल टाउन हलमा कार्यक्रम हुने

२२ नोभेम्बर २०१७, सिड्नी- नेपालको पहिलो डिजिटल टेलिभिजन एपि वानमा प्रशारित बहुचर्चित  टेलिभिजन शो 'नेपाल आइडल' का तिन उत्कृष्ट प्रतियोगीहरु सांगीतिक कार्यक्रमको आयोजनार्थ अष्ट्रेलिया आइपुगेका छन । पहिला नेपाल आइडल बुद्द लामा, फस्ट रनर अप निसान भट्टराइ र सेकेण्ड रनर अप प्रताप दास अष्ट्रेलिया आएका हुन । नेपाली कार्यक्रम आयोजक संस्था नेपाली टचको सहयोगमा उनीहरु अष्ट्रेलिया आएका हुन । अष्ट्रेलियामा उनिहरुको पहिलो सांगीतिक प्रस्तुति २४ नोभेम्बरको साँझ  क्यानबेरामा त्क्यायसपछी २७ नोभेम्बर ब्रिसबेन, १ डिसेम्बर सिड्नी र २३ डिसेम्बरमा एडिलेडमा हुदैछ। यसका लगायत तास्मानिया, पर्थ र  डार्बिनमा पनि डिसेम्बर २५ सम्म कार्यक्रम हुने आयोजक नेपाली टचले बताएको छ ।  कार्यक्रमको प्रस्तुति गर्न नेपाल आइडलकै होस्ट शुशिल नेपाल पनि अस्ट्रेलिया आइसकेका छन् ।

हलिउड शैलीमा प्रचार

 

पहिलो नेपाली आइडलको कार्यक्रमका लागी अष्ट्रेलियामा यसपटकको तयारी निकै भब्य र पृथक रहेका छन् । कार्यक्रममा लागी बलिउड लगायतका कार्यक्रम हुने भब्य स्थलहरु चुनिएका छन भने प्रचार शैलीपनि भिन्न रहेको छ । सिड्नीको  कार्यक्रमओलम्पिक पार्कमा हुदैछ । हलिउड र बलिउडका भब्य कार्यक्रमहरु हुने गरेको सिड्नी ओलम्पिक पार्क स्पोर्ट्स सेन्टरमा हुनलागेको पहिलो नेपाली कार्यक्रम हो ।  यसैगरी कार्यक्रम प्रचारका लागीपनि हलिउड र बलिउडकै शैलीमा सिड्नी ट्रेनहरुमा पोस्टरहरु राखिएका छन ।
एडिलेडमा पनि कार्यक्रम
यसरी अष्ट्रेलियाभर हुन लागेको बहुप्रतिक्षित पहिलो नेपाली आइडलहरुको कार्यक्रम साउथ अष्ट्रेलियाको एडिलेडमा पनि हुने भएको छ । साउथ अष्ट्रेलियामा नेपाली कार्यक्रमहरुलाई बजार दिइरहेको थ्री केजी इभेन्ट्स अर्गनाइजरको आयोजना र दशक बढीदेखी  शिक्षा परामर्षको क्षेत्रमा काम गरिरहेको मेट्स इन्टरनेसनल र सिड्नी, ब्रिसवेन र एडिलेडमा समेत शाखा रहेको नेपालीहरुको क्विन्सफोर्ड कलेजको प्रायोजनामा २३ डिसेम्बर २०१७ मा साँझ ५ बजेदेखी उडभिल टाउन हलमा हुन लागेको हो । कार्यक्रमलाई सांस्कृतिक कार्यक्रमका रुपमा आयोजना गर्न लागिएको आयोजकले बताएको छ । “एडिलेडमा रहेका विभिन्न नेपाली संघसस्थाको आयोजनामा पुर्ण रुपमा सांस्कृतिक कार्यक्रमका रुपमा कार्यक्रमको आयोजना गर्न लागेका छौं ।” आयोजक थ्री केजीका खुम घलेले बताए । कार्यक्रमको प्रवेश शुल्क अष्ट्रेलियन डलर ३० रहेको छ ।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading