डा. रामकृष्ण निरौला इनास ग्लोवल प्रवक्ता तथा आरसी थापा उपाध्यक्षमा चयन
इनासको दोस्रो विश्व सम्मेलन सम्पन्न
२७ अक्टोवर २०१७, एडिलेड- काठमाण्डौमा सम्पन्न अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दोस्रो विश्व सम्मेलनले अष्ट्रेलिया राष्ट्रिय समितिका संस्थापक अध्यक्ष रहेका साउथ अष्ट्रेलिया निवासी डा. रामकृष्ण निरौलालाई ग्लोवल समितिको प्रवक्तामा र एडिलेड नै बस्ने रामचन्द्र (आरसी) थापालाई ग्लोवल समितिको उपाध्यक्षमा चयन गरेको छ । थापा पुरानो समितिका महासचिव हुन् भने निरौला अष्ट्रेलिया राष्ट्रिय समितिको ग्लोबल प्रतिनिधि हुन । १२ अक्टोवरमा भएको समाजको दोस्रो अधिवेशनले अध्यक्षमा पुष्प वरुवाललाई नै निरन्तरता दिएको छ भने बरिष्ठ उपाध्यक्षमा कमला दाहाल (जर्मनी), उपाध्यक्षमा क्रमश: मित्रलाल पार्दे (पोल्याण्ड), रामचन्द्र थापा (अष्ट्रेलिया) र भगवती बस्नेत (इजरायल) लाई चयन गरेको छ । यसैगरी महासचिवमा मनिष श्रेष्ठ (युके) , सचिवमा मोहराज शर्मा मोहन (युएई-हाल नेपाल) र कोषाध्यक्षमा राधि छेत्री (इटाली) चयन भएका छन ।
महादेशीय (क्षेत्रीय) समिति अन्तर्गत युरोप क्षेत्रीय संयोजकमा अर्जुन काफ्ले (बेल्जियम) पूर्ण मत प्राप्त गर्दै पून: चयन भएका छन् भने ओसियाना क्षेत्रको संयोजकमा अष्ट्रेलियाका इश्वर पोखरेल ‘अविरल’, चयन भएका छन । पोखरेल अष्ट्रेलिया राष्ट्रिय समितिका अध्यक्षसमेत हुन । यसैगरी अमेरिका संयोजकमा हरि शर्मा (भर्जिनिया) र एसिया क्षत्रीय संयोजकमा आशिष पुरुष (युएइ) पूर्ण मतबाट चयन भएका छन् । त्यस्तै एसिया क्षेत्रीय सह संयोजकहरुमा दक्षिण एसियाका लागि रुपा न्यौपाने (नेपाल) र नरहरि प्रेमी (नेपाल) लाई चयन भएका छन ।
समाजको विधानमा व्यवस्था भएका बाँकि पदहरुको पूर्ति गर्न निर्वाचन समितिको सल्लाह र स्विकृतिमा नवनिर्वाचित ग्लोबल समिति गर्नसक्ने गरि अधिवेशनले अधिकार प्रदान गरेको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस