कुकुरको आक्रमणका कारण क्यानवेरामा महिलाको मृत्यु
२५ अक्टोवर २०१७, क्यानवेरा- क्यानवेरामा बुधवार विहान कुकुरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन । बिहानको ३:४० बजे कुकुरले मान्छेमाथी आक्रमण गरेको भन्दै प्रहरीलाई खवर गरिएको थियो । प्रहरी पुगेर महिलालाई प्रथमिक उपचार गर्न खोज्दा पुलिसमाथी नै अक्रमण गरेपछि कुकुर मारिएको थियो भने एम्बुलेन्समार्फत घाइते पुरुषलाई अस्पताल लगिएको छ ।
“घरको पछाडीको वारीमा लडिरहेकि महिलालाई उपचार गर्न खोज्दा कुकुरले प्रहरीमाथी नै आक्रमण गर्न शुरु गरेपछी प्रहरी बन्दुक चलाउन बाध्य भयो । यसरी प्रहरीले केही राउण्ड फायर गर्दा कुकुर मारियो । ” संलग्न प्रहरी अधिकृत टोनी क्रोकरले भने ।
घाइते पुरुष पाहुना रहेको बुझिएको छ । कुकुरको नियमित आक्रमणपछी अष्ट्रेलियन क्यापिटल टेरीटरीको प्रतिपक्षले खतरनाक कुकुर पाल्नेहरुलाई कारबाहि गर्नेगरी विधेयक प्रस्ताव गेर्ने तयारी गरेको छ ।
सन् २०१३ मा अष्ट्रेलियन क्यापिटल टेरीटरीमा कुकुरको आक्रमणमा परि ८४ जना अस्पताल भर्ना भएका थिए । सन् २०१६ मा उक्त संख्या बढेर १५५ पुगेको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस