क्रिश्चियन धर्मसँग साटिन थाल्यो हाम्रो गाउँको दशैतिहार
भोला आचार्य
आफु परदेशिएको पनि दशक पुग्न लागिसके छ। यसपटक भने मेरा आमाबुबा आउनुभएको छ। त्यसैले दशैतिहार मेरा लागि विशेष वन्ने नै भयो। दशैतिहार मनाईरहेको पलमा एउटा कुराले मनको रमाईलो नै विथोल्यो।
मैले हर्सोउल्लासले चाडवर्षहरु मनाईरहँदा मेरा गाउलेहरुको निधार खाली छ। कानमा जमारा छैन। गलामा माला छैन। उनीहरुले रोजगारीका लागि गरिएको संझौताका कारण दशैतिहार पर्व मनाउन पाएनन। दशैतिहार मात्र होइन जन्मेदेखी मृत्युपर्यान्तका कुनै पनि संस्कारगत कुराहरुबाट उनीहरु वन्चित छन्।
यसखालको प्रतिवन्धित उनीहरुको जिवन चल्न थालेको पनि दुई दशक नाघिसक्यो। जतिखेर ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले टीम नेपाल ग्रुपले चौरजहारी अस्पताल सन्चालनमा ल्याएको थियो हो त्यसैवेलादेखी उनीहरुका दशैतिहारहरु खोसिन शुरुभएका हुन्। त्यतिनै वेला मेरा गाउलेहरुले रोजगारीको लागि दशैतिहार लगायतका धार्मिक संस्कारहरु प्रयोगमा ल्याउन नपाउने भएका हुन्।
मलाई राम्रोसँग थाहा छ। स्वास्थ्य सेवाको पछाडी क्रृश्चियन धर्म प्रचारको अभियान लुकेको थियो। पत्रकारिताका शुरुका दिनमा मैले यो विषयलाई समाचारमार्फत वाहिर ल्याएको थिए। मैले समाचार वनाउदा पनि रोजगारी पाएका मेरै गाउलेहरु म सँग खुवै रिसाएका थिए। व्यक्तिगतरुपमा उनीहरुमध्ये कतिले त वोलचालै वन्द गरेका थिए।
उनीहरुले मसँग वोलचाल नगर्दा मलाई धेरै दुख लाग्दैनथ्यो बरु उनहरुको रोजगारी वचाउनका लागि गरिएको संम्झौता र धर्मसंकटको विषयले मलाई पीर परिरहेको थियो। यहाँ काम गर्ने मथिल्लो जिम्मेवारी पाएकाले त मलाई अस्पतालमा प्रतिवन्ध लगाउने कोसिस पनि नगरेका होइनन। त्यो कुरा अहिले पनि सम्झिदा दुख लाग्छ । मेरो कोसिस उनीहरुको जागिरी खोसियोस भन्ने पक्कै थिएन।
उनीहरुले नोकरी गर्दा धर्म र संस्कार खोसिएकोमा मेरो विरोध थियो। उनीहरुको धार्मिक स्वतन्त्रता खोसिएकोमा मेरो असन्तुष्टि थियो। त्यसो त म र मेरो परिवारका लागि मात्र होइन मेरा जिल्लावासी र छिमेकी जिल्लाहरु जाजरकोट, सल्यानवासीहरुका लागि यो एकमात्र सुविधा सम्पन्न अस्पताल थियो र छ। आधुनिक एवं महंगो प्रविधि यहाँ छ। शुरुमा विदेशी नागरिकहरु खटिएरै सन्चालनमा ल्याएको यो अस्पताल माओवादी द्धन्दका कारण उनीहरुले आफुले तालिम दिएका स्थानियहरुलाई छोडेर गएको पनि दशक नाघिसकेको छ। तर क्रिश्चियन संस्कार नअपनाएसम्म त्यस ठाउमा जागिरी नमिल्ने प्रावधान आजका दिनसम्म सूचारु छ।
आफ्नो धर्मसंस्कार छाडेर क्रिश्चियन वन्नु त्यहाँ काम गर्नुको पहिलो सर्त वनेको छ जुन अहिलेसम्म जारी छ। यो अस्पताल विदेशीहरुको यो स्वार्थमा वन्द गरिएको थियो भने मलाई जिवनकै ठूलो पीडा भैरहन्थ्यो। यदि त्यसो भएको भए मेरा जिल्लावासीहरु मात्र होइन उमेरले डाँडामाथीको घाम भैसकेका मेरा आफ्नै आमा वुवाले अकालमै ज्यान गुमाउनु पथ्र्यो। मेरा वैनीले वच्चा जन्माउन नसकेर ज्यानै गुमाउन सक्थिन। मेरा काकाको खुट्टा भाँचिदा लंगडो हुनुपर्ने थियो। र कमाई गर्न मेरा गाउलेहरु मुग्लान पस्नुपर्ने थियो। उनीहरुका पढेलेखेका केटाकेटीहरु बेरोजगारी समस्याले पिल्सिरहनुपथ्यो। कतिले मैले जस्तै परदेश रोज्नु पर्ने थियो। तर त्यासो भएन। जे भो राम्रै भयो। मैले सहेर बसे।। मेरो कलमको प्रभाव पनि खासै रहेन। म र मिडियाका अरु साथीहरुको आवाजलाई पनि कसैले सुनेन। स्थानिय नागरिक समाज अधिकारकर्मी कसैले यो विषयमा वास्ता गरेनन। जनप्रतिनिधिहरुको ध्यान यसमा गएन। मेरा गाउलेहरु स्वयंले आफ्नो अन्याय भएको महसुस गरेनन फलस्वरुप अस्पताल वन्द भएन। त्यसैले उनीहरुको रोजगारी वचेको छ आजसम्म।
मेरा सिमित गाउलेहरुको रोजगारीका कारण मैले मात्र होइन अरु थुप्रैले यो अन्यायलाई टुलुटुलु हेरेर वसिरहे। आफ्नो अनुकुलतामा प्रतिनिधिहरुले समेत वोलेनन यो अन्यायको विरोधमा। अथवा देशले वोलेन यस विषयमा। मलाई याद छ अघिल्लो वर्षमात्र राष्ट्रियताको मुद्धाले चर्चित नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण गरेका थिए।
अस्पतालको सुविधाको विषयमा पहल गर्ने वाचा दिएर गएका थिए, त्यो बाचा पुरा गरे पनि होलान। तर त्यहि अस्पतालमा रोजगारीको नाममा रोजगारदाताले जवरजस्ति धर्मशोषण गरेको कुरामा उनलाई कसैले थाहै दिएन होला। मलाई उदेक लाग्छ अहिले आजसम्म पनि त्यो समस्या, त्यो अन्याय जस्ताको तस्तै छ। विभिन्न किसिमका अन्याय अत्याचारको विरुद्ध चालिएको माओवादी आन्दोलनले प्रभावित जिल्लामा वस्ने मेरा गाउलेहरुको धार्मिक स्वतन्त्रताको विषयलाई देखेन। बरु कहिले टिका लगाउने र कहिले नलगाउने भन्दै धार्मिक परम्परालाई आफु अनुकुल प्रयोग गरिरह्यो।
त्यो पनि राम्रोसँग थाहा छ कि माओवादी आन्दोलनताका गोलीलागेर घाइते भएकाहरुको लागि भगवान थियो यो अस्पताल, नत्र कतिको ज्यान गुम्नसक्थ्यो। यो विषयलाई लगभग स्वयं स्तम्भकारले पनि विर्सिसकेको विषय हो। काठमाडौंमा रहँदा विशेष चाडवर्षको वेला वल्झिन्थ्यो यो विषय।
परदेशिएपछि त्यो विषयलाई कसैले याद पनि गराएन। भुलिसेको यो विषयलाई यसपटक पुन संझना गराइदिए वुवा आमाको उपश्थितिमा मनाएका यसपटकका दशैतिहारले। उहाँहरुसँग यस्तै गाउघरको बारेमा गन्थन मन्थन गर्दै गर्दा निस्कियो यो विषय फेरि। र गाउलेहरुले भोगिरहेको अन्यायको विषयले मेरो मनमा अशान्ति फैलायो फेरि। त्यहाँ रोजगारी गर्ने मेरा गाउले आफन्तहरुले दशैतिहार मनाउन नपाएको कुराले मेरो दिमागमा एकपटक पुन हिर्कायो नराम्रोसँग।
क्रिश्चियन धर्मसँग साटिएको उनीहरुको रोजगारीको विषयमा अव एउटा वहस प्रारम्भ गरिनुपर्छ। कम्तिमा स्थानिय मिडियाहरुले यसबारे वोल्नुपर्छ। त्यहाँको नागरिक समाजले यसबारे चासो लिनुपर्छ। जनप्रतिनिधिहरुले आफ्ना जनताको आवाजलाई न्याय दिलाउनुपर्छ। स्वयं पीडितहरुले यसबारे मुख खोल्नुपर्छ। त्यहाँ रोजगारी पाएका मेरा गाउलेहरुले आफ्नो धर्म खोसिएको विषयमा उनीहरुको जागिरि खोसिनुहुदैन। तर यो विषयको वहस र विरोध अस्पताल वन्द गर्ने सर्तमा गरिनुहुदैन।
यो विषयको वकालत गर्दा जनप्रतिनिधिहरुको भर जनतालाई नहुन सक्छ। निर्वाचनको मौसम पनि छ। जनप्रतिनिधि वन्ने दौडमा उनीहरुले यो विषयलाई तोडमोड गरेभने नागरिक समाज र मिडियाले यसमा दुधको दुध पानीको पानी छुट्याईदिनुपर्छ।
अरुसवै कुरा उत्कृष्ट छ यो अस्पतालमा मात्र स्वास्थ्य सेवाको नाममा धार्मिक स्वतन्त्रता खोस्न पाईदैन। यदि कसैलाई सकारात्मक हिसावले प्रभावपारेर स्वतन्त्ररुपमा आकर्षित गर्न सकिन्छ तर कुनै सर्त र वाध्यात्मक परिश्थितिमा कसैको अधिकार खोस्न पाईदैन।
स्वयं त्यहाँ नोकरि गर्ने मेरा सिमित गाउलेहरुले आफ्नो स्वार्थमा अरु गाउलेहरुको मात्र होइन देशको मौलिक धार्मिक स्वतन्त्रताको विषयलाई ओझेलमा पारिराख्न पाईदैन। त्यसो त देश धर्मनिरपेक्ष भैसकेको छ। धार्मिक स्वतन्त्रताको हिसावले मानिसहरु धर्म परिवर्तन गर्न सक्छन्। तर यसको मतलव यो भने पक्कै होईन कि धर्म परिवर्तनका जवरर्जस्त र वाध्यात्मक वनाईन्छ । मलाई राम्रोसँग थाहा छ कि ति मेरा गाउलेहरुले स्वतन्त्ररुपमा धर्म परिवर्तन गरेका होइनन।
रोजगारी दिनपूर्व उनीहरुलाई आईतवारको दिन क्रृश्चियन प्रवचन र पुजामा वोलाईन्थ्यो। वाईवलको प्रवचनपश्चात हाम्रो राष्टिय जनावर गाईको परिकार खान दिईन्थ्यो। गाउगाउमा उनीहरुलाई पठाएर धर्मप्रचारमा लगाईन्थ्यो। यसरी लाग्ने र हिन्दुधर्म अन्तर्गतका जन्ममृत्युपर्यान्तका सवै संस्कार त्याग्नेहरुले मात्र उनीहरुबाट रोजगारी प्राप्त गर्न सक्थे। आफ्नो धर्म छोडेर क्रिश्चियन संस्कार नअंगाल्ने कोहिले पनि त्यहाँ जागिर गरेको मलाई अहिलेसम्म थाहा छैन। यदि जनसक्तिको अभावमा शुरुमा कसैलाई रोजगारी दिएपनि भोलिपल्टैदेखि उसलाई उसको धर्मबाट टाढा वनाइन्थ्यो। जुन आजसम्म कायम छ, अन्यायको कसिको रुपम।
लगभग आफैले विर्सिसकेको यो विषय पुन मैले उठाउने जमर्को गरेको छु। लेखिएकै कारण मलाई भेटन अमेरिका आएका मेरा वाआमालाई गाउ फर्किएपछि उपचारमा असहज नगराइयोस जुन पहिलेका दिनमा गरिएको थियो। साथै मेरो परिवार, आफन्त र गाउलेहरुको अधिकार नछिनियोस मैले वोलेका कारण। त्यसो त मलाई यसवारेमा वोल्न हिजो पनि डर थिए। वोलेको भरमा डर हुने हिजोको अवस्था पनि अहिले होइन। राजनीतिकरुपमा धेरै परिवर्तन भएको छ।
चेनताको हिसावले अगाडी छन् मेरा गाउलेहरु आज। यो अन्यायको विरुद्ध स्वयं त्यहाँ कार्यरत मेरा गाउलेहरुले आफ्नो अवस्थाको बारेमा बोल्नसक्ने भएका छन् चाहेमा। मिडियाको पनि पहुच वढिसकेको छ। यो विषयमा न्याय खोज्ने सवैभन्दा अनुकुल समय बनेको छ जनप्रतिनिधिहरुको निर्वाचन। मैले धरैपछि पुन उठाउन खोजेको यो विषय व्यक्तिगत भन्दा पनि सामाजिक हो। त्यो धार्मिक स्वतन्त्रताको विषय हो। अन्तत स्वतन्त्रताको विषय हो। के यो सम्भव छ ? सतप्रतिशत सम्भव छ। म स्वयं क्रृश्चिय धर्म मान्ने देशमा बसेर आफ्नो धार्मिक कृयाकलापहरुको स्वतन्त्र प्रयोग गरिरहेको छु। निर्धक्क दशैतिहार मनाईरहेको छु। मैले यहाँ धर्म परिवर्तन गर्नु परेको छैन रोजगारीका लागि नकि मलाई कसैले जवर्जस्ति गरेको छ।
म त स्व्तन्त्र छु यहाँ। बरु मेरा गाउलेहरु आफ्नै देशमा लुटिएका छन् धार्मिकस्वतन्त्रताको अधिकारबाट। आखिर कसले? स्वयं क्रिश्चियन धर्म अगाल्ने देश अमेरिबाट नेपालमा राजदुत रहेकी अलाइना बी टेप्लिजले दिपावली मनाएको फोटो सामाजिक सन्जालमा भाईरल वनेको छ।
अमेरिकाले मेरो र मेरा गाउलेहरुको धार्मिक अधिकारमाथी अन्याए गरेको भए राजदुत भएकी उनले मेरो धर्मको यतिधेरै सम्मान गरेको देख्न समेत पाईदैनथ्यो। आखिर कसले गर्यो त यो अन्याय? यो त सिमित व्यक्तिहरुको समुह हो। त्यसवेला टीम नेपालका नामले चिनिने र अहिले फेरिएको अर्को कुनै नामको समुह हो। र तीनिहरुको धर्मप्रतिको स्वार्थी प्रतिवन्धित मानसिकताको उपज हो। जुन मेरो गाउँ लगायत गोर्खा, लमजुड लगायतका अरु गाउहरुमा पनि। अव यसबाट मेरा गाउलेहरुलाई छुटकारा दिलाउनुपर्छ। न्याय दिनुपर्छ। स्वतन्त्र अवसर दिनुपर्दछ धार्मिक स्वतन्त्रताको हिसावले।
(सेतोपाटीवाट)
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस