अष्ट्रेलियामा घरेलु हिंसा, हिंसाका प्रकार र असरहरु

२३ अक्टोवर २०१७, एडिलेड- अष्ट्रेलियाको परीवारसम्बन्धी कानुन (सन्) १९७५ ले घरेलु हिंसालाई ‘कुनै व्याक्तिबाट परीवारका अन्य सदस्यलाई उग्र, धम्किपुर्ण वा अन्य क्रियाकलापको माध्यमबाट गर्न नचाहेको काम गराउने वा नियन्त्रण गर्ने वा डराएर बाच्नुपर्ने अवस्थाको सिर्जना गर्ने’ व्यावहार भनि ब्याख्या गरेको छ ।

घरेलु हिंसा खासगरी श्रीमान-श्रीमतिबिचको हिंसालाई लिने गरिन्छ ।

घरेलु हिंसा झट्ट हेर्दा पति ले पत्निमाथी गर्ने दुर्व्यावहारको रुपमा लिने गरिएपनि महिलाले पुरुषमाथी गर्ने र बदलिएको परिस्थितिमा उस्तै लिङ्गका सम्बन्धबीच हुने हिसांलाई पनि यसले समेट्छ । अष्ट्रेलियाका बिभिन्न राज्यहरुले आफ्ना कानुनमा छुट्टाछुट्टै शब्दहरु प्रयोग गरेका छन, जस्तै घरेलु हिंसा, पारीवारीक हिंसा, घरेलु र पारीवारीक हिंसा, पारीवारीक दुरव्यावहार । जे भनेपनि मूलकुरा भनेको परीवारमा एक पक्षले आर्को पक्षलाई गर्ने दुर्व्यावहार नै घरेलु हिंसा हो । घरेलु हिंसामा शारीरिक दुरव्यवहार मात्र नभइ, मानसिक यातना, गाली गलौच, बेइज्जति, रुपयापैसामा नियन्त्रण, घर्म मान्न, साथीभाइ, परिवारजन, छर-छिमेक भेट्न नदिने कार्य, निगरानी, पीछा गर्नु आदि समेत पर्दछन ।

अष्ट्रेलिया हरेक ३ मध्ये १ महिला र ५ मध्ये १ पुरुषले जीवनको कुनै समयमा घरेलु हिंसाको शिकार हुने गरेको तथ्याङ्कले देखाउछ । सन् २०१० र २०१२ का बिचमा घरेलु हिंसाका कारण गरेक १० दिनमा १ जना पुरुषले ज्यान गुमाएको देखिन्छ । यसरी २ बर्षको उक्त अवधिमा ७५ जनाभन्दा बढी पुरषले ज्यान गुमाएको देखिन्छ ।

यसैगरी सन् २०१४ देखी २०१६ को अवधीमा अष्ट्रेलियाभरमा कुल २ लाख ६४ हजार ०२८ गरेलू हिंसाका घटनाहरु सरकारी निकायमा दर्ता भएको अष्ट्रेलियाको जनसंख्या हेर्ने निकाय, अष्ट्रेलियन व्युरो अफ स्टाटिस्टिकको तथ्याङ्कले देखाउछ । उक्त निकायले जीवनमा हिंसा भोगेका ८० प्रतिशत पुरुष र ९५ प्रतिसत महिलाले त्रासका कारण यस्तो घटना लिएर प्रहरीसमक्ष नै नजानेगरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

हिंसाका प्रकारहरु

अष्ट्रेलियामा सामान्यतया घरेलु हिंसालाई ८ प्रकारमा विभाजन गरिएको छ । देहायका कुराहरु नारीबिरुद्दको हिंसाभित्र पर्दछन ।

१. शारीरिक हिंसा– बलजफ्ति हल्लाउनु, गालामा थप्पड हान्नु, मुक्का हान्नु, लात्ति हान्नु, खतरनाक तरीकाले गाडी चलाउनु, सामानहरु फाल्नु एवं ध्वस्त पार्नु, नारीलाई घरभित्र वा बाहिर थुन्नु, खान वा सुत्न नदिनु, जवरजस्ति खाना खुवाउनु, कुनैपनि शारीरिक वलपुर्वक नियन्त्रणमा राख्न खोज्नु

२. वित्तिय हिंसा- पैसाको सम्पुर्ण अघिकार आफुलेमात्र लिनु, बैक खाताको पहुचमा पुग्न नदिनु, नारीलाई पर्याप्त खर्च नदिनु, नारीलाई काममा असहयोग गर्नु, साचो वा कार नदिएर काममा जान अवरोध पुर्याउनु, नारीको सहमतिविना नारीको क्रेडिट कार्ड प्रयोग गर्नु, नारीको परिचय चोर्नु अदि

३. भावनात्मक हिंसा– नारीलाई सम्बन्धमा हुने सवै समस्याहरुमा दोषी देखाउनु, नारीलाई अर्की नारी सँग तुलना गरी अत्मसम्मानमा ठेस पुर्याउनु, प्राय नराम्रो मुडमा हुनु, जानिजानिकन नारीलाई सार्वजनिक रुपमा लज्जित बनाउने काम गर्नु, नामले बोलाउनु, नारीलाई कराउनु वा निचा व्यावहार गर्नु, नारीको वित्तिय नियन्त्रण गर्नु, नारीलाई के लगाउने भन्नु, नारीलाई उनको साथी परीवारजन भेट्न नदिनु, आत्महत्या गर्छु भनि धम्क्याउनु, नारीलाई सेक्स गर्न नमानेकोमा दोषी देखाउनु, नारीको अध्यागमन रिपोर्ट गर्छु भनेर धम्क्याउनु,

४. मौखिक हिंसा– नामले बोलाउनु, सधैं आलोचना गर्नु, गाली गर्नु, व्याक्तिगत तथा सार्वजनिक स्थलमा लज्जित पार्नु

५. सामाजिक हिंसा– नारीको फोन कल र इमेलमा नियन्त्रण, नारीको कुनै साथी, छरछिमेक वा परिवार सदस्यसँग सम्पर्कमा बन्देज, नारीलाई साथी वा परिवारका सदस्यबाट सम्पर्क गर्न नसक्नेगरी टाढा लैजानु, नारीलाई सार्वजनिक स्थलमा गाली गर्नु वा पिट्नु

६. यौनजन्य हिंसा- बलत्कार, यौनसम्पर्क गर्दा जानीजानी दुखाउनु, यौनाङ्गमा आक्रमण गर्नु, असुरक्षित यौन सम्पर्कका लागी कर गर्नु, यौन सम्पर्कका लागी कर गर्नु, यौनजन्य कुरामा लज्जित बनाउनु, नचाहदा नचाहदै छुनु, नचाइकन प्रोनोग्रफिमा संलग्न गराउनु, यौनजन्य ठट्टा गर्नु

७. पिछा- लगातार फोन गर्नु, अत्याधिक टेक्स्ट म्यासेज पठाउनु, सामाजिक संजालमा म्यासेज छोड्नु, व्याक्तिको घर वा कामगर्ने ठाउवरपर घुम्नु, कारमा सन्देस छोड्नु, घरमा फुल छोड्नु, लगाता हेर्नु वा व्याक्तिको पिछा गर्नु, व्याक्तिको फोन, इमेल लगायतका संचारसाधनमा निगरानी राख्नु

८. आत्मिक/सांस्कृतिक हिंसा– नारीलाई उनको धर्म-संस्कृति अनुरुपका कामहरु गर्न बन्देज लगाइनु, आध्यात्मिक वा सांस्कृतिक विश्वासलाई अन्यखाले हिंसा ढाकछोप गर्न दुरुपयोग गर्ने, नारीलाई उनको रितिरिवाजअनुसारका क्रियाकलापमा बन्देज लगाइनु, नारीलाई अतिवादि भएको आरोप लगाउनु,

नेपाली समुदायमा नारी हिंसा

अष्ट्रेलियामा सबैभन्दा छिटो बढिरहेको नेपाली जनसंख्या रहेको केही अगाडी सार्वजनिक अष्ट्रेलियाको जनसंख्या हर्ने निकायको तथ्याङ्कले देखाएको छ । यसरी हाम्रो समुदाय बढिरहनु एकातिर खुसीको कुरा हो भने हाम्रो समुदायमा घटिरहने र हामीले हिंसाको रुपमा नै नहेर्ने घरेलु हिंसाका आधारमा अन्य समुदायहरुले हामीलाई तौलिरहेका हुन्छन । त्यहि हाम्रो परिचय पनि हो । यस बहुसांस्कृतिक भूमीमा हामीले स्थायी रुपमा बस्ने सपना बुनिरहदा संगसगै आफुलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता पनि छ । घरेलु हिंसाका कारण यहा काम नपाइने, यहांको नागरीकता नपाइने देखी लिर देशै फर्काईनेसम्मका परिणामहरु पनि ब्योहोर्नुपर्ने हुन्छ । हाम्रा समुदायका धेरै मानिसहरु स्वदेश फर्काईसकिएका पनि छन घरेलु हिंसाका कारणले । विविध कारणले सार्वजनिक नभएका मात्र हुन् ।

घरेलु हिंसाका कारण महिलामा पर्ने असरहरु


घरेलु हिंसाले महिलामा तत्काल र दीर्घकालमा निकै नकारत्मक असर पार्ने विश्व स्वास्थ संगठनले सन् २००० मा गरेको एक अध्यायनले देखाएको थियो । सन् २००० मा विश्व स्वास्थ संगठनले गरेको एक अध्यायन (Women and Mental Health: An Evidence Based Review) मा सामान्य महिलाको तुलनामा घरेलु हिंसाको सामना गरेका महिलाहरु शारीरिक र मानसिक रुपमा निकै कमजोर हुने देखिएको थियो । अष्ट्रेलियामै गरिएको एक अध्ययनले पनि महिलाहरुको मृत्यु, अशक्तता र अन्य रोगको एक मुख्य कारणका रुपमा घरेलु हिंसा रहेको पाईएको थियो ।

तत्काल पर्ने असरहरु

  • शारिरीक चोटपटकहरु
  • सुन्ने क्षमता क्षय
  • सुन्ने क्षमता क्षय
  • देख्ने क्षमता क्षय
  • गर्भ तुहिने
  • यौनरोगहरु
  • छुरीको घाउ
  • बन्दुकको घाउ आदि ।

दीर्घकालिन असरहरु

  • तनावका कारण हुने खानाल‍नलि सम्बन्धि समस्याहरु Gastro-intestinal disorders associated with stress
  • टाउको दुख्ने Headaches
  • ढाड दुख्ने Back pain
  • बेहिस हुने Fainting
  • छारे रोग Seizures
  • स्त्रीरोग Gynaecological problems
  • तनाव Anxiety
  • नैराश्यता Depression
  • भोक नलाग्ने Eating disorders
  • संकटपछिको तनाव Post-traumatic stress disorder
  • निन्द्रा नलाग्ने Sleep disturbances
  • धुम्रपान-मध्यपानको लत Alcohol and substance misuse
  • सेत्केरीअवस्थामा धुम्रपान Smoking throughout pregnancy
  • घरवारबिहिनता Homelessness
  • आत्महत्या Suicide
  •  हत्या गर्ने सक्ने Homicide

(अष्ट्रेलियामा घरेलु हिंसा गरेबापत हुने सजाय र सहयोगका लागी सम्पर्क गर्न सकिने संस्थाहरुका बारेमा अर्को लेखमा जानकारी गराइने छ । )

 

 

Advertisements

Leave a Reply