एनआरएनए अध्यक्षमा भट्ट,अन्तराष्ट्रिय समितिमा अष्ट्रेलियाको उपस्थिति झिनो
१७ अक्टोवर २०१७, काठमाण्डौ- सोमवार काठमाण्डौमा सम्पन्न गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको निर्वाचनमा जापानका व्यावसायी भवन भट्ट निर्वाचित भएका छन । अष्ट्रेलियाको धनाढ्य व्यावसायी एव निवर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङलाई भारी मतले पछि पार्दै भट्ट निर्वाचित भएका हुन् । कुल खसेको १७८८ मतमध्ये उनले ११ सय ९७ मत प्राप्त गरेका छन् भने गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए ।
२० वर्ष अघि अध्ययनको सिलसिलामा जापान पुगेका भट्ट यसअघि एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यष भएर काम गरिसकेका छन् । रेष्टुरेन्ट व्यावसायी भट्टका जापानमा करीव ३ सय रेष्ट्टुरेन्टहरु रहेको वुझिएको छ । एनआरएनको स्थापनाकालदेखी नै सक्रिय भट्टको नेपालमा शिक्षा तथा सञ्चार क्षेत्रमा लगानी रहेको छ ।
संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भए । यस्तै महासचिवमा डा बद्री केसी, सचिवमा डिबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत थापा, सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भएका छन ।
यसैगरी महिला संयोजकमा बेल्जियमकि रजनी प्रधान र युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् । (यसअघि महिला संयोजकमा भूमादेबी लिम्बु भनिएकोमा आधिकारीक जानकारीपछी सच्याइएको छ।)
सन् २००३ मा स्थापना भएको एनआरएनको अन्तराष्ट्रोय समन्वय समितिमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए ।
समितिमा अष्ट्रेलियाको उपस्थिति न्युन
निर्वाचित उपाध्यक्षद्वय कुमार पन्त जर्मन र कुल आचार्य बेलायतका हुन । सपिला राजभन्डारी रसियाकि हुन भने बद्री केसी बेलायतका हुन । यसैगरी हिक्मत थापा नाईजेरीयाका र सोम सापकोटा डेनमार्कका हुन । यसरी हेर्दा अन्तराष्ट्रिय समन्वय समितिको मुख्य कार्यसमितिमा अष्ट्रेलियाको उपस्थिति शुन्य देखिन्छ ।
ओसेनिया क्षेत्रको युवा उपसंयोजकमा भने अष्ट्रेलियाका पत्रकार ऋषिराज आचार्य निर्वाचित भएका छन ।
विश्व सम्मेलनमा अष्ट्रेलियाबाट १६९ जनामात्रको सहभागीता रहनु र एकता नहुनु नै अष्ट्रेलियाको सहभागीता शुन्य हुनुको कारण रहेको निराजन प्रसाईको ठम्याई छ । “फोहोरी खेलको आडमा मात्र चुनाब जितिन्छ भन्ने मानसिकतामा परीवर्तन आउन जरुरी छ । अष्ट्रेलियाको यत्रि क्षतीको कसले जिम्मेवारी लिने?” उनले आक्रोसित हुदै भने ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस