ताजा खवरहरु:

अष्ट्रेलियाको ‘प्राइभेट हेल्थ कभर’मा ब्यापक फेरवदल, मानसिक स्वास्थ कभर हुने

३० मुनीकालाई फाइदै फाइदा

१४ अक्टोवर २०१७, क्यानवेरा- अष्ट्रेलियाको प्राइभेट हेल्थ इन्सुरेन्स प्रणालीमा ब्यापक फेरबदल भएको छ । स्वास्थ मन्त्रि ग्रेग हन्टले ३० मुनीकालाई फाइदै फाइदा हुने गरी शुक्रवार परीवर्तित नियम घोषणा गरेका छन । स्वास्थ बीमाले अब मानसिक स्वास्थलाई पनि कभर गर्ने छ, यसअधि सामान्य बीमाले मानसिक स्वास्थलाई कभर नगर्ने गरेको थियो । सामान्यतया स्वास्थ हुने र कम इन्सुरेन्स क्लेम गर्ने युवाहरुलाई लक्षित गर्दै यस्तो परीवर्तन ल्याइएको हो ।

अष्ट्रेलियाको एबीसी टिभिसँग कुरा गर्दै स्वास्थ मन्त्री हन्टले भने‍ ‘ जति बढी युवाहरु स्वास्थ बीमा प्रणालीमा हुन्छन, सबैको औसत बीमा शुल्क कम पर्नजान्छ ।’

शुल्क बृद्दिका कारण स्वास्थ बीमा लिनेहरुको घट्दो संख्यालाई मध्यनजर गर्दै यस्तो परीवर्तन गरिएको हो । अष्ट्रेलियामा सन् २०१० देखी करिब ५.६ प्रतिसत बीमा शुल्क बढ्दा बीमा सदस्यता हरेक बर्ष करिब १०,००० ले घटिरहेको थियो ।

‘म प्राइभेट बीमा प्रदायकहरुसँग शुल्क घटाउन र कभर बढाउन अत्यन्त नजिकबाट काम गरिरहेको छु ।’ मन्त्री हन्टले भने ।

यसरी स्वास्थ मन्त्रीले १५ बर्षयताकै सबैभन्दा ठुलो परीवर्तनको दाबी गरिरहदा संसदको दोस्रो ठुलो दल लेवरका स्वास्थ प्रवक्ताले भने युवा अष्ट्रेलियनले मात्र हप्ताको ७० सेन्ट बचाउने बताइरहेको छ ।

लेबरले टर्नबुल सरकारले धेरै युवाहरुलाई प्रणालीमा ल्याउनमात्र खोजिरहेको र ति सबैले बीमा प्रयोग गरेको खण्डमा अवस्था के हुन्छ भन्ने कुरासँग सरोकार नराखेको जारी बक्तव्यमा भनेको छ ।

यता अष्ट्रेलियन मेडिकल एसोसिएसनले भने पर्याप्त नभएपनि सकारात्मक कदमको शुरुवात भनि प्रशंसा गरेको छ ।  अष्ट्रेलियन मेडिकल एसोसिएसनका अध्यक्ष माईकल ग्यानोनले मुख्य समस्या भनेको बीमा शुल्कको रकम नाफाका लागी खोलिएको बीमा कम्पनिको गोजीमा जानु भएको बताए ।

युवालाई सस्तो शुल्क

परिवर्तित नियमअनुसार युवाहरुले ३० बर्षको नहुञ्जेलसम्म हरेक बर्ष प्रिमियममा २ प्रतिशतको छुट पाउनेछन । यसरी पाउने छुट १० प्रतिशतसम्म बढ्ने छ ।

हाल बीमा गरिसकेकाको लागी यो नीति लागु हुन्छ कि हुदैन भन्ने कुरामा नियम स्पष्ट छैन । तसर्थ ३० मुनिका युवाहरुले आफ्ना बीमादाता कम्पनिसँग यासबारेमा जानकारी लिनुपर्ने हुन्छ ।

हाल छुट पाईरहेका अप्रमाणित प्राकृतिक उपचारपद्दतिहरुलाई भने इन्सुरेन्सले कभर गर्नेछैन । सामान्य बीमा पोलिसीलेपनि अब उप्रान्त मानसिक रोगहरुलाई कभर गर्नेछ, जुन यसअघि धेरैले गर्दैन थियो ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading