ताजा खवरहरु:

अष्ट्रेलियन नेपाली चिकित्सक संघको वार्षिक साधारणसभा सम्पन्न

८ अक्टोवर २०१७, एडिलेड- अष्ट्रेलियामा कार्यरत नेपाली डाक्टर तथा डेन्टिस्टहरुको संगठन अष्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसन (ANMDA) को पहिलो वार्षिक साधारणसभा दक्षिण अष्ट्रेलियाको एडिलेडमा शनिवार सम्पन्न भएको छ । ब्राइटनमा अवस्थित नेपाली रेस्टुरेन्ट टेस्ट अफ हिमालयमा सम्पन्न उक्त साधारण सभाले डा. घनश्याम चापागाईको नेतृत्वमा  नया कार्यसमितिसमेत चयन गरेको छ । संस्थाको उपाध्यक्षद्वय, सचिव, सह-सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमश: डा. चन्द्र पोखरेल, डा. गणेश श्रेष्ठ, डा. कुश श्रेष्ठ, डा. अर्जुन वुर्लाकोटी, डा. अनुज पाण्डे र डा. पवन प्याकुरेल रहेका छन । यसैगरी न्यु साउथ वेल्स तथा अष्ट्रेलियन क्यापिटल टेरीटोरीका संयोजकमा डां प्रविन पाठक, वेस्टर्न अष्ट्रेलिया, साउथ अष्ट्रेलिया तथा नर्दन टेरीटरी संयोजकमा डा. सर्विन रङजितकार र भिक्टोरीया र तास्मानिया संयोजकमा डा. पवन प्याकुरेल चयन भएका छन । यसैगरी सभाले सल्लाहकारमा डा. केशव प्याकुरेल तथा व्यवस्थापक र प्रवक्तामा दिपक विस्ट र पुनम पन्तलाई चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थिति जनाएकि अष्ट्रेलियाका लागी नेपाली राजदुत महामहिम लक्कि शेर्पाले अष्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल इसोसिएसन नव निर्वाचित पदाधिकारीहरुलाई  बधाइ दिएकि छन ।

अष्ट्रेलियामा कार्यरत नेपाली डाक्टर तथा डेन्टिस्टहरुलाई एकतावद्द गर्न तथा नंया डाक्टरहरुलाई अष्ट्रेलियन मेडिकल काउन्सिलको परीक्षा तयारीमा तथा जागीरका लागी सहयोग गर्ने उदेश्यले सन् २०१६ यो सस्था गठन भएको हो । कार्यक्रममा साधारणसभापछी गाला डिनरको समेत आयोजना गरिएको थियो भने एडिलेडका कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading