विदेशीएका नेपालीको पिडामा मलम लगाउदै अष्ट्रेलियाकि नेपाली लेखिकाको कलम
२३ सेप्टेम्बर २०१७, सिड्नी- विदेशीनु नेपालीको बाध्यता हो । नेपाली विदेशीदापनि मनभरी नेपाल लिएर विदेशीएका हुन्छन । विदेशिएका नेपाली हरपल नेपाल र नेपालीकै हीत सोचिरहेका हुन्छन, तीनका कलमहरु विशेषत नेपालीकै लागी चल्ने गर्छन । यस भनाईलाई पुन: एकपटक चरितार्थ गरेको छ लेखीका श्वेता मैनालीको रचनामा सिर्जीत "बर्षौं भो छोडेको" बोलको गीतले ।
अष्ट्रेलयाको व्यस्ततामाझ रहेर पनि नेपाली लेखनलाई निरतन्तरता दिईरहेकि लेखक श्वेता मैनालीको रचनामा पुन: आफ्नो खारीएको स्वरले रंग भरेका छन नेपाली संगीतका अति नै चर्चित भर्सटाइल गायक तथा संगीतकार शिव परियारले । नेपालको दुरसंचार क्षेत्रमा अतुलनिय योगदान पुर्याईरहेको एनसेल नेपालको सहयोगमा बढा दशैं २०७४ सालको पावन अवशरमा दर्शक-श्रोताहरुलाई उपहारस्वरुप गीत र यसको म्युजीक भिडियो सार्वजनिक गरिसकेपछि लेखक मैनालीने भनिन- "मेरो लेखनमा गत वर्ष सार्वजनिक भएको प्रेम गीतको "नभेटी नभेटी...... " बोलको गीत धेरै स्रोता दर्शकहरुले मन पराउनु भएको थियो । त्यहि गीतको श्रृंखलाका रुपमा "बर्षौं भो छोडेको....." बोलको यो गीत सार्वजनिक गरिएको हो । "
“नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने लाखौं नेपाली युवाहरुको बिदेशी जीवन कथा ,आफ्नो परिवार प्रतिको माया-प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाई गीतको माध्यमबाट पस्कने जमर्को गरेको छु । आशा छ दर्शक-स्रोताले यो गीतलाई पनि उत्तिकै माया गर्नु हुनेछ । ” उनले थपिन ।
कवि तथा लेखिका श्वेता मैनालीको शब्द रहेको यस गीतमा संगीत तथा स्वर शिव परीयारको रहेको छ । डाइरेक्टर ब्रायन राइको डाईरेक्सन र छायांकन रहेको म्युजीक भिडियोमा सुलक्ष्यन भारती तथा केनिपा सिङ्गको जिवन्त अभिनय रहेको छ । भिडियोमा सम्पादन भने बिनय कंसाकारको रहेको छ । गीतलाई शिव परीयारले गत बर्ष नोभेम्बरमा नै अन्प्लग्ड भर्सनमा सार्वजनिक गरिसकेका भएपनि यस गीतको फुल भर्सन निर्माण भने हालमात्र भएको हो । भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस