ताजा खवरहरु:

गणेश भगवानलाई भेडा ख्वाएपछी……….

१२ सेप्टेम्बर २०१७, एडिलेड- अष्ट्रेलियाको भेडाको मासुको प्रवर्दनका लागी बनाईएको एउटा विज्ञापनमा भगवान गणेशलाइ समावेस गरिएपछी हंगामा भएको छ । हंगामा पछी भारत सरकारले आधिकारीक रुपमा बिज्ञापन निर्माता कम्पनिका विरुद्द कुटनितिक उजुरीसमेत गरेको छ । बिज्ञापनमा भगवान गणेशलाई भेडाको मासु खाइरहेको देखाइएको छ । भारत सरकारले अष्ट्रेलियाका तीन सरकारी मन्त्रालयहरु विदेश मामिला, सञ्चार तथा कृषि मन्त्रालयको ध्यानाकर्षण गराउदै उजुरी गरेको हो । 

बिज्ञापनमा धार्मीक व्याक्तित्वहरु भगवान गौतम बुद्द, जिसस क्राइस्ट, ग्रिसका भगवानलगायतका साथ टेबलमा बसेर भेडाको मासु खाइरहेको देखाइएको छ । गणेशलाई भेजिटेरियन भनेर देखाउनुको साटो मांसाहारी देखाइएकोले यहास्थित हिन्दु धर्मावलम्बिहरु आक्रोशित बनेका हुन ।

सिड्नीस्थित भारतीय उच्च आयोगले उक्त बिज्ञापनले यहांको भारतीयहरुको आस्थामा चोट पुर्याएको बताएको छ । सिड्नीस्थित भारतीय कन्सुलेटले अष्ट्रेलियाको मासु तथा पशुसमबन्धि निकायको ध्यानाकर्षण गराउदै बिज्ञापन अबिलम्ब खारेज गर्न आग्रग गरेको छ ।

अष्ट्रेलियन इन्डियन काउन्सिलका अध्यक्ष मोहित कुमारले अष्ट्रेलियन सरकारले भारतीयहरुको आपत्तिलाई सम्बोधन गर्नेगरेको बताएका छन । “उनीहरुले यसलाई जरैदेखी उखेलेर फाल्न खोजिरहेका छन, जस्ले गर्दा यो कुरा अरु बढ्न पाउदैन । ” उनले भने ।

“म स्पष्टसघ बुझ्न सक्छु, यो नियोजित होइन । बिज्ञापनमा देखाउन खोजिएको मुख्य कुरा विभिन्न आस्था राख्नेहरु एउटै टेबलमा बसेर खाना खान सक्छन भन्ने हो । त्यसमा कुनै आपत्ति छैन । तर प्रस्तुति एकदम फितलो छ । हामीपनि ठट्टा बुझ्न सक्छौं । अन्त्यमा हामीपनि अष्ट्रेलियन हौं । कुरा एकअर्काप्रतिको सम्मानको आउछ । “

“बिज्ञापनका वारेमा भारतीय मुख्य समाचारपत्रहरुमा पनि छापिइसकेको छ । हामी चाहन्नौं अष्ट्रेलियामा रंगभेद छ भन्ने सन्देश भारत जाओस । उनले थपे ।

हिन्दुत्वसम्बन्धि विश्वव्यापि संगठनप्रमुख राजन जेडले बिज्ञापन अबिलम्ब नहटाईए विश्वब्यापि रुपमा हिन्दुहरुले अष्ट्रेलियन भेडाको मासु बहिस्कार गर्न सक्ने बताएका छन ।

बिज्ञापनमा नेपालमा जन्मिएका भगवान गौतम बुद्दलाईसमेत भेडा खाइरहेको देखाइएको भएपनि नेपाल सरकार तथा अष्ट्रेलियामा रहेका नेपाल सरकारका निकायले हालसम्म कुनै प्रतिकृया दिएका छैनन ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading