बाढीपिडितका लागी एनआरएनए साउथ अष्ट्रेलियाबाट ७ हजार ५ सय डलर
११ सेप्टेम्बर २०१७, एडिलेड- नेपालमा केही समयअघि गएको बाढी प्रभावितहरुको लागी सहयोगका लागी साउथ अष्ट्रेलियामा भएको सहयोग संकलन कार्यक्रममार्फत शुक्रवारसम्म अष्ट्रेलियन डलर ७ हजार ५ सय १५ संकलन भएको गैर आवाशिय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले जनाएको हो । एनआरएनए साउथ अष्ट्रेलियालाई जानकारी गराएका सहयोगीहरको नामावली सार्वजनिक गर्दै संघले बताएको छ
। संघलाई सबैभन्दा बढी एडिलेड नेपाली क्रिकेट एसोसिएसनले अष्ट्रेलियन डलर १ हजार ५४ सहयोग गरेको छ भने दोस्रो एडिलेड नेपाली महिला संघले १ हजार १ डलर सहयोग गरेको देखिएको छ । नामावलिअनुसार साउथ अष्ट्रेलियाबाट कुल ४८ जनाले सहयोग गरेका छन । नामावली सार्बजनिक गरेसँगै संघले सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै हालका लागी सहयोग संकलनको कार्यक्रम बन्द गरिएकोसमेत जानकारी गराएको छ ।
संघले अष्ट्रेलियाबाट जम्मा ५० हजारभन्दा बढी संकलन गरेको छ । यसरी संकलितमध्येको २५ हजार डलर संघले नेपालमा वितरण गरिसकेको छ भने बाकि रकमपनि चाडैने नेपाल पठाउने तयारी गरिरहेको बुझिएको छ । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सञ्चालन गरेको सहयोग संकलन कार्यक्रम मार्फत २ करोडभन्दा बढी सहयोग जुटिसकेका छ । नेपाल सरकारले सप्तरी जिल्लामा राहत वितरण गर्नका लागी एनआरएनलाई स्वीकृत दिएकोमा पहिलो चरणमा राहत वितरण भइसकेको छ भने बाढी प्रभावित विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस