साकारलाई नेपाल लैजाने तयारी गरिदै, आमा अष्ट्रेलिया आउने
५ सेप्टेम्बर २०१७, सिड्नी- केही सातादेखी सामाजीक संजालमा बिभिन्न अश्लिल गालीहरु गर्दै आएका शाकार अधिकारीलाई नेपाल लैजाने तयारी शुरु गरिएको छ । गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाले नेपाली महावाणिज्य तथा नेपाली दुतावास सँग समन्वय गरी उनलाई नेपाल फर्काउने तयारी गरेको जानकारी दिएको छ । उनलाई नेपाल लैजानका लागी उनकि आमा रोजु अघिकारी चाडैं नै अष्ट्रेलिया आउने तयारी भैरहेको बताइएको छ । रोजुको अष्ट्रेलिया आगमनलाई छिटो छरितो बनाउनका लागी अष्ट्रेलियाको नेपाली दुतावासमार्फत रोजुका कागजातहरु अष्ट्रेलियाको इमिग्रेसनलाई उपलब्ध गराउने तयारी गरिरहेको श्रोतले बताएको छ ।
गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका प्रतिनिधिहरुले केही समयअघि साकारलाई भेटी अस्पताल पुर्यापछि उनी केही साम्य भएका थिए । अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा पुन उस्तै व्यहोराका सामाग्रीहरु समाजीक सञ्जालमा राख्न थालेपछी गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका पुन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कबाहिर रहन चाहेकको खुलेको छ । सोमबार साकारकी आमा रोजुले समाजीक संञ्जालमार्फत आफु साकारलाई सम्झाएर थाकेकाले नेपाली संस्थाहरुलाई उनलाई नेपाल फर्काउन सहयोगको याचना गरेपछी उक्त विषयले पुन चर्चा पाएको थियो । उनको समस्या समाधानका लागी गैर आवाशीय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले समन्वय गरिरहेको बुझिएको छ ।
यसवारे पुर्ण जानकारी दिन गैर आवाशीय नेपाली संघले चाँडैनै प्रेश बिज्ञाप्ति जारी गर्ने बताएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

he is mentally sick. he needs good treatment. have this genius
save this guy he is mentally sick.