ताजा खवरहरु:

​पाचौ अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनको भब्य तयारी हुदै

२ सेप्टेम्बर २०१७, पर्थ (कमल सिल्वाल) बिश्वब्यापी रुपमा हरेक २ बर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको पर्थमा आयोजना हुँदैछ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको सो सम्मेलन आउदो सेप्टेम्बर ९ र १० तारिखका दिन पर्थ स्थित म्यासोडेनियन सेन्टरमा सम्पन्न हुँदैछ। पाचौ पटक हुन लागेको सो साहित्य सम्मेलनका दौरान अनेसासको कार्यदिशा तथा नेपाली भाषालाई बिश्वब्यापीकरण गर्ने बारे छलफल गरिने छ।  सम्मेलनलाई अनेसास केन्द्रिय समितीसँगको सम्योजनमा अनेसास पर्थ च्याप्टरले आयोजना गर्न लागेको हो।

बरिष्ठ कवि/ साहित्यकार तुलशी दिवशको प्रमुख आतिथ्यमा हुन लागेको यो सम्मेलनमा सहभागी हुन नेपालबाट प्रा. डा. सन्जिव उप्रेती, डा. लक्ष्मन प्रसाद गौतम, राधेश्याम लेकाली, एल बि क्षेत्री, युवराज नंयाघरे लगायत दर्जन साहित्यकारहरु अष्ट्रेलिया आउँदै हुनुहुन्छ। त्यस्तै अमेरिकाबाट केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुबेदी लगायतका थुप्रै बरिष्ठ साहित्यकारहरुको समुह अाउदो साता अष्ट्रेलिया आइेपुग्ने कार्यक्रम रहेको छ। सम्मेलनमा जापान, कोरिया, कतार, इन्डिया, बेलायत, जर्मन, बेल्जियम, डेन्मार्क, मलेशिया लगायत अन्य थुप्रै देशका साहित्यकारहरुले पनि सहभागीता जनाउन लाग्नु भएको अनेसासका केन्द्रिय सचिब तथा पर्थ च्याप्टर सम्योजक गणेश घिमिरेले बताउनु भयो। घिमिरेका अनुसार पाचौ विश्व सम्मेलनलाई सफल बनाउन एनआरएनएका अाइसिसी उपाध्यक्ष भवन भट्ट पनि आउदो साता पर्थ आइेपुग्ने कार्यक्रम रहेको छ। यता अष्ट्रेलियाको सिड्नी, मेल्बर्न, ब्रिजबेनबाट पनि थुप्रै साहित्यकारकारहरुले यो सम्मेलनमा आफ्नो उपस्थिती जनाउदै हुनु हुन्छ।
सम्मेलनमा बिशेष कार्यपत्रहरु प्रस्तुति, छलफल गरिनुका साथै बिभिन्न साहित्यकर्मीहरुलाई सम्मान प्रदान गरिने कार्यक्रम रहेको अनेसासका केन्द्रिय अध्यक्ष पदम् विश्वकर्माले बताउनु भयो। नेपालबाट “बर्तमान नेपाली साहित्यको मुलप्रवाहमा डायस्पोरा साहित्य” बिषयकमा प्रा डा लक्ष्मण प्रसाद गौतमले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ भने अष्ट्रेलियाबाट सानु घिमिरेले एक कार्यपत्र प्रस्तुत गर्नु हुनेछ। त्यस्तै यो बर्षको ‘अनेसास राम लामा सर्बोत्कृट पुरस्कार’ सम्मेलनका दौरान संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई प्रदान गरिने कार्यक्रम समेत रहेको अध्यक्ष विश्वकर्माले बताए। सम्मेलनमा बिशेषत: अनेसास र यसको कार्यदिशा बारे छलफल गरिने कार्यक्रम रहेको कार्यक्रमका सम्योजक गणेश घिमिरेले बताए। साथै नेपाली भाषालाई कसरी बिश्वव्यापीकरण गर्न सकिन्छ भन्ने बारे पनि सम्मेलनका दौरान छलफल गरिने घिमिरेले जनाए। सम्मेलनका दौरान पर्थबाट प्रकाशित दुइे पुस्तकहरु “यादहरुको पहाड” र “जलीरजेको एउटा देश” सहित अन्य साहित्यकारहरुका कृतिहरु लोकार्पण गरिदै छ।
नेपाली साहित्यको विश्वब्यापिकरणको यो अभियानमा संसारभरका साहित्यकर्मीहरुको उपस्थितिले नेपाली भाषा, साहित्य र वाङ्मयको उचित सरक्षण र प्रबर्दनमा बिशेष टेवा पुग्नेमा विश्वस्त रहेको पर्थ च्याप्टरका उपाध्यक्ष निरज छेत्री बताउहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), विश्वभरी नै नेपाली भाषा र साहित्यलाई उजागर गर्दै नेपाली पहिचानकायम गर्न स्थापित एक राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष र विश्वब्यापी फैलिएको साहित्यिक संस्था हो। झन्डै २५ बर्षको इतिहास बोकेको अनेसास, आजको दिन सम्म विश्वका ४० भन्दा बढी देशमा ८४ भन्दा बढी शाखाहरु बिस्तार गर्न सफल छ। यो महा अभियानमा सहभागीताको लागि सम्पूर्ण साहित्यिक मनहरुमा अनेसासले बिशेष अनुरोध गरेको छ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading