अष्ट्रेलियामा आर्थिक कुटनिति प्रवर्दन गर्न राजदुत शेर्पाको बाणिज्यदुतहरुलाई निर्देशन

फोटो: महामहिम राजदुत लक्कि शेर्पाको फेसबुकबाट
२९ अगष्ट २०१७, क्यानवेरा- नेपाली दुतावास क्यानवेरामा मंगलवार नेपाली राजदुत र अष्ट्रेलियाका विभिन्न राज्यहरुमा भएका नेपाली महावाणिज्य/वाणिज्य दुतहरुसँग परामर्षबैठक भएको छ । वैठकमा सम्माननिय राजदुत लक्कि शेर्पा, न्यु साउथ वेल्स महावाणिज्य दुत दिपक कुमार खड्का, भिक्टोरिया महावाणिज्य दुत चन्द्र योञ्जन, साउथ अष्ट्रेलिया वाणिज्य दुत दिपक धमला, वेस्टर्न अष्ट्रेलिया वाणिज्य दुत फेडरीक निल ब्राउन, तथा क्विन्सल्याण्ड वाणिज्य दुत जिसेफ एन्थोनी टुमाको सहभागीता रहेको थियो ।

फोटो: महामहिम राजदुत लक्कि शेर्पाको फेसबुकबाट
बैठकमा महामहिम शेर्पाको अवैतानिक महावाणिज्य/वाणिज्य दुतहरुले गरिरहेको कार्यहरुको सह्राहना गर्दै नेपालको पछिल्लो राजनितिक विकाशपश्चात अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान अभिवृद्दि गर्न अवैतानिक महावाणिज्य/वाणिज्य दुतावासले अझ बढी योगदान रहनुपर्नेमा जोड रहेको थियो । अष्ट्रेलियामा द्रुत गतिमा बढिरहेको नेपाली जनसंख्यालाई दृष्टिगत गर्दै बैठकले देहायका विषयहरुलाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरेको छ ।
१. नेपाल र अष्ट्रेलिया बीच व्यापार, वाणिज्य तथा लगानीको अवशरहरुको विस्तार गर्नका लागी प्रत्येक अवैतानिक महावाणिज्य/वाणिज्य दुतावासहरुमा Nepal Australia Trade and Commerce Team स्थापना गरी कार्य गर्ने
२. बढ्दो नेपाली विद्यार्थीहरुको संख्यालाई दृष्टिगत गरी गैर आवाशिय नेपाली संघ तथा विद्यार्थी परामर्षदाताहरुसँग सहकार्य गरी विद्यार्थी कल्याणकारी कार्यक्रमहरु ल्याउने
३. प्रत्येक वर्ष अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा आर्थिक सम्मेलन गरी नेपाली उत्पादन तथा उद्योग ब्यावसाय प्रवर्दन गर्ने
४. नेपाल र अष्ट्रेलियाका शहरहरुको आर्थिक, भौगोलिक जनसांख्यिक, सांस्कृतिक आदि समानताको आधार पहिचान गरी सो आधारमा ती शहरहरुबिच भगिनि सम्बन्ध कायम गर्ने
५. खेल कुटनितिको माध्यमबाट नेपाल र अष्ट्रेलियाबिचको सम्बन्धलाई जनस्तरसम्म अझ सुध्रिढ बनाउदै लैजाने
६. दुई देशको बहुसांस्कृतिक आयामलाई थप प्रभावकारी बनाउनका लागी सांस्कृतिक कार्यक्रमहरुको आदानप्रदान गर्नेतर्फ कार्य गर्ने
७. दुई देशबीच उच्च स्तरीय राजननैतिक, शैक्षिक, व्यापारीक आदि भ्रमणहरु आदानप्रदान गर्नेतर्फ अवैतानिक महावाणिज्य/वाणिज्य दुतावासहरु प्रयासरत रहने ।
“आर्थिक प्रवर्दन कुटनिति र विद्यार्थी हितका विषयमा निकै सकारात्मक उपलब्धिहरु भएको छ ।” महामहिम शेर्पाको प्रतिकृया थियो ।

फोटो: महामहिम राजदुत लक्कि शेर्पाको फेसबुकबाट
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस