ताजा खवरहरु:

बाढी पिडितका लागी झापाली समाज अष्ट्रेलियाद्वारा १० हजार डलर संकलन

२० अगष्ट २०१७, सिड्नी- नेपालमा गत21015477_10212472480759906_1529463608_nसाता आएको बाढी पिडितका लागी झापाली समाज अष्ट्रेलियाले अष्ट्रेलियन डलर १० हजार संकलन गरेको छ । झापाली समाज अष्ट्रेलियाले अन्तराष्ट्रिय झापाली समाजसँग समन्वय गरी बाढी प्रभावित झापालीहरुलाई तत्काल सहयोग उपलब्ध गराएको थियो ।

पाँच दिन अधिदेखी थालिएको पहिलो चरणको सहयोग वितरणबाट वारादशी गाँपालीकाका १०० परीवार, गौरीगञ्ज गाउँपालीकाका १३० परीवार तथा झापा गाउपालीकाका १०० परीवार गरी कुल ३३० परीवारलाई २५ किलो चामल, ५ किलो दाल, ५ किलो चिनी, ५ लिटर तेल, २ किलो नुन वितरण गरिसकिएको अन्तराष्ट्रिय झापाली समाजले बताएको छ । पहिलो चरणको सहयोग कार्यक्रम केही दिन जारी रहने र त्यसपछी दोस्रो र तेस्रो चरणका सहयोहमार्फत आवास निर्माणमा सहयोग गरिने वुझिएको छ । 

बाढीपछि आफ्नै स्वयम्सेवक परिचालन गरेर झापामा सबैभन्दा पहिला राहत वितरण गर्न सफल अन्तराष्ट्रिय झापाली समाजप्रति पिडितहरु कृतज्ञ बनेका छन । “झापाली समाजको जस्तो छिटोछरितो राहत वितरण नेपाल सरकारले नि गर्न सक्दैन ।” झापा गाउपालिका बडा नम्वर ७ का एक पिडितले बताए । विश्वभर छरिएर रहेका झापालीहरुको साझा संगठन झापाली समाजले झापामा हुने प्राकृतिक प्रकोपलगायतका समस्याहरुका बखत छिटो र छरितो ढङगवाट सहयोग उललब्ध गराउनुका साथै झापाको स्वास्थ, शिक्षा, खेलकुदलगायतको विकाशमा उल्लेख्य योगदान पुर्याउदै आएको छ ।

20987716_10212472482719955_1555362288_n20988100_10212472482439948_1610038555_n


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading