ताजा खवरहरु:

बाढीपिडितका लागी अष्ट्रेलियामा राहत संकलन शुरु, एनआरएन र झापाली समाजद्वारा सहयोग अपिल

घले दम्पतीद्वारा १ करोड सहयोगको घोषणा

१३ अगष्ट २०१७, सिड्नी- नेपालमा हालै आएको बाढीपछि अष्ट्रेलियामा सहयोग संकलन तीब्र पारिएको छ । यसरी राहत संकलनमा एनआरएन अष्ट्रेलिया र झापाली समाज अष्ट्रेलियाले शुरुवात गरेका हुन । नेपाल र नेपाली संकटमा परेको बेला अष्ट्रेलियामा रहेका सबै नेपालीहरुलाई जुट्न आग्रह गर्दै गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाले सहयो अपिल गरेको छ । देहायोको बैकं खातामा रकम जम्मा गरी एनआरएनको सहयोग कार्यक्रममा सहभागी हुन सकिने छ । Account Name: NRNA Disaster Relief Account BSB: 032006 Account Number: 595128 Ref: YourNameState Flood

यसैगरी अतिबढी बाढी प्रभावित मध्येको एक जिल्ला झापावाट अष्ट्रेलियाको विभिन्न राज्यमा बसोवास गर्ने नेपालीहरुको संगठन झापाली समाज अष्ट्रेलियासमेतले सहयोग संकलन शुरु गरेको छ । बिगत केही दिनदेखीको अविरल वर्षाका कारण

पीडित तथा ज्यान गुमाउन पुगेका नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरुलाई थोरै भएपनि राहत पुर्याउने उदेश्यले झापाली समाज अष्ट्रेलियाले सहयोग संकलन गर्ने निर्णय गरेको हुदा निकै दयनिय र दर्दनाक परिस्थितिबाट गुज्रिरहेको  तराईका जिल्लाहरुका पिडितहरुलाई बिगतमा झैं सहयोग गर्न सम्पुर्णमा अनुरोध गर्दछौं । झापाली समाज अष्ट्रेलियाले भनेको छ । देहायको बैकं खातामा रकम जम्मा गरी झापाली समाज अष्ट्रेलियामार्फत नेपालका बाढीपिडीतलाई सहयोग गर्न सकिने छ ।
Account Name: Jhapali Samaj Australia
BSB: 062 443
Account Number: 1111 9317
Ref: YourNameFloofRelief

गैर आवाशीय नेपाली संघ अष्ट्रेलियाले एक साताका लागी सहयोग संकलन गर्ने जनाएको छ । एक सातामा २ करोड नेपाली रुपयां सकलन गर्ने लक्ष लिएको एनआरएनमार्फत घले दम्पतिले १ करोड रकम सहयोग गर्ने घोषणा गरिसकेका छन । यसैगरी एनआरएन संरक्षक जीवा लामीछाने, उपादक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले जनहि १ लाख रुपया र प्रवक्ता रञ्जु थापाले ५० हजार रुपया सहयोग गर्ने घोषणा गरेका छन ।

झपाली समाजले तत्कालका लागी सहयोग गर्न नेपाली रुपयाँ पाचा लाख संकलन गर्ने लक्ष लिएकोमा तीन लाख संकलन भइसकेको छ । गत बर्षपनि समाजले बाढीपिडीतका लागी ३ लाख संकलन गरेको थियो ।

 

 

 

 

 

 

 

 

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading