डा. केसीको समर्थनमा अष्ट्रेलियामा प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रम

११ अगष्ट २०१७, एडिलेड- नेपालको स्वास्थ सेवालाई कानुनसम्मत बनाउनुपर्छ र यसलाई ब्यापारीकरण गरिनुहुदैन भन्ने माग राखेर एघारौंपटक अनसनरत डा. गोबिन्द केसीसँग ऐक्यवद्दता जनाउदै अष्ट्रेलियाको नेपाली समुदायपनि एकजुट हुन थालेको छ । सामाजीक सञ्जालहरुमा खरो उत्रिरहेका न्यायप्रेमी प्रवासी नेपालीहरु अनसनको दिन लम्बिदै जादा ऐक्यवद्द हुदै नेपाल सरकारका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु सार्वजनिक गर्न थालेका छन ।

न्यु साउथ वेल्सको सिड्नी र साउथ अष्ट्रेलियाको एडिलेडमा आगामी आइतवार साँझ नेपाल सरकारलाई डा. केसीको माग पुरा गरी उनको ज्यान वचाउन दवाव दिने उदेश्य राखी छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिने भएको छ । एडिलेडमा कार्यक्रमको नेतृत्व गरिरहेका सुपक अधिकारीले भने- “हामीले साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका अवैतानिक बाणिज्यदुत मार्फत अष्ट्रेलियाका लागी नेपाली राजदुतसमक्ष ज्ञापन पत्र पठाउने छौं । यसका साथै हामी डा. केसीको समर्थनमा प्ले कार्डहरु देखाएर प्रदर्शन गर्ने छौं ।”

नेपालको स्वास्थसेवालाई कानुनी रुपमा व्यवस्थित गर्नुपर्यो भन्ने माग राखेर प्राध्यापक डाक्टर एधारौं पटक तीन सातादेखी अनसनमा छन । अनसनका बेला उनका माग पुरा गर्ने आश्वासन दिएपनि दलहरु उनका मागहरु पुरा गर्न आनाकानी गरिरहेका छन । आजेदेखी नेपालभरका सम्पुर्ण चिकित्सकहरुपनि आकस्मिकभन्दा बाहेकका स्वास्थसेवा बन्द गरी आन्दोलनमा उत्रिसकेका छन । स्वास्थसेवालाई व्यापारीकरण गर्न चाहने केही सांसदहरुका कारण संसदमा केसीको मागबमोजीम विधेयक पास गर्ने कार्य सुचारु हुन सकेको छैन ।

कार्यक्रम Allchurch Ave, Adelaide, South Australia 5037 मा अवस्थित Rex Jones Reserve मा १३ अगष्ट २०१७ आइतवार अपह्रान्न ४ बजेदेखी हुदैछ । डाक्टर केसीको माग आम नेपालीको माग भएकाले कार्यक्रममा उपस्थिति जनाएर आवाजलाई वुलन्द बनाउन अर्का आयोजक बन्धुविक्रम कार्कीले सवै एडिलेडवासी नेपालीहरुलाई आग्रह गरेका छन ।

 

Advertisements

Leave a Reply