ताजा खवरहरु:

अस्ट्रेलियाका चार राज्यमा आविष्कार केन्द्रका लागी रकम संकलन कार्यक्रम

एडिलेडमा ९ अगस्ट अपह्रान्न ४ बजेदेखी कार्यक्रम

६ अगष्ट २०१७, एडिलेड- राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागी सहयोग जुटाउदै बिदेश भ्रमणमा रहेका शिक्षक तथा उद्यमि डा. महाविर पुनको सहयोगर्थ अस्ट्रेलियाको चार राज्यमा रकम संकलन कार्यक्रम आयोजना हुने भएको छ । एनाआरएन अस्ट्रेलियाको अग्रशरतामा न्यु साउथ वेल्स, कुइन्स्ल्यन्ड, अस्ट्रेलियन क्यापिटल टेरिटरी र साउथ अस्ट्रेलिया गरि चार राज्यमा कर्यक्रम हुन लागेको हो । 


६ अगस्टमा न्यु साउथ वेल्सको सिड्नी, ७ अगस्टमा अस्ट्रेलियन क्यापिटल टेरिटरीको क्यन्वेरा, ९ अगस्टमा साउथ अस्ट्रेलियाको एडिलेडमा र १० अगस्टमा कुइन्सल्याण्डको ब्रिसवेनमा कार्यक्रम हुन लागेको हो ।

“विदेशमा बस्ने हामी नेपाली नेपालमै गएर देश निर्माणमा सहभागी हुन सबैका लागी सम्भव हुदैन । हामीले उपयुक्त मध्यम पहिल्याउने हो । जसरी भुकम्पपछीको पुन निर्माणमा धुर्मुस-सुन्तली हाम्रा लागी सहयोगका लागी उपयुक्त माध्यमम बने, त्यसैगरी  राष्ट्रिय आविष्कार केन्द्रका लागी महविर पुन उपयुक्त माध्यम हुन । त्यसैले राष्ट्रिय आविष्कार केन्द्रका लागी मन खोलेर सहयोग गर्न सवै समक्ष अपिल गर्दछौ ।” गैर आवशिय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष अशोक केसीली भने ।

चारै राज्यमा डिनरसहितका कार्यक्रम भैरहेका छन । एडिलेडमा भने डिनर कार्यक्रममा सहभागी हुन नचाहनेले पनि अन्तरक्रियामा सहभागी हुन पाउने छन । “विगतका कार्यक्रमहरुवाट सिक्दै डिनरमा सहभागी हुन नचाहने तर सहयोग भने गर्न चाहनेहरुका लागी सजिलो होस भनेर अन्तरक्रिया र डिनरको  छुट्टा-छुट्टै कार्यक्रम राखेका हौं ।” कार्यक्रम संयोजन गरिरहेकी एनआरएन साउथ अस्ट्रेलिया उपसंयोजक रेणु लामाले भनिन । एडिलेडको अन्तरक्रिया  कार्यक्रम ९ अगस्ट बुधवार अपह्रन्न ४ बजेदेखी ब्राइटनको टेस्ट अफ हिमालय रेस्टुरेन्टमा हुदैछ । ६ बजे अन्तरक्रिया समाप्त भएपछी डिनरको कार्यक्रम रहेको एनाआरएन साउथ अस्ट्रेलियाका सदस्य सुपक अधिकारीले बताए ।

२२ जुलाईमा भएको एनआरएनए अष्ट्रेलियाको वार्षिक साधारण सभालाई सम्बोधन गर्न पुन केही साता अघिपनि अष्ट्रेलिया अएका थिए ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading