ताजा खवरहरु:

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल अष्ट्रेलिया आउदै, न्युजिल्याण्डपनि जाने

२३ जुलाई २०१७, सिड्नी- पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल अन्तरक्रियाको लागी अष्ट्रेलिया आउने भएका छन ।  प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले नेपालको बर्तमान परिप्रेक्ष्यमा समसामयिक राजनीतिक एवं आर्थिक बिकास सम्बन्धित विषयमा नेपाली समुदायका बिच वृहत अन्तर्क्रिया कार्यक्रमका लागी नेपाल आउन लागेको बताएको छ । सिड्नीमा कार्यक्रम ४ अगष्टमा साँझ ५:३० बजेदेखी हुने बुझिएको छ । कार्यक्रम 10 McFarlane St, Merrylands, NSW 2160 मा स्थित Bardali Function Centre मा हुदैछ ।  रात्रीभोज सहितको उक्त कार्यक्रमको प्रवेश शुल्क २५ डलर रहेको छ । 

सिड्नीको उक्त कार्यक्रमपछि नेपाल न्युजिल्याण्डपनि जाने कार्यक्रम रहेको छ । न्युजिल्याण्डमा ६ अगष्टका दिन कार्यक्रम रहेको श्रोतले बताएको छ । स्थानिय निकायको निर्वाचनपछि देश एमालेमय भएको र एमालेनिकट मानिएको प्रवाशि नेपाली मञ्चले केही मतको अन्तरलेमात्र भर्खरै निर्वाचन भएको गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाको नेतृत्वमा पराजय स्विकार्नु परिरहेको  वेला हुनलागेको यो भ्रमण अर्थपुर्ण रहेको श्रोतको दावी छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading