ताजा खवरहरु:

राष्ट्रिय आविष्कार केन्द्रका नेतृत्वकर्ता महाविर पुन अष्ट्रेलियामा

२१ जुलाई २०१७, ब्रिसवेन - नेपालमा राष्ट्रिय आविष्कार केन्द्रको निर्माण गरिनुपर्दछ भन्ने सोच लिएर आफ्नै जीवनकालमा उक्त सोचलाई पुरा गराउने अठोट लिएका नेपाली शिक्षक, व्यावसायी तथा नेतृत्वकर्ता महाबिर पुन गैर आवाशिय नेपाली संघको २२ जुलाईमा हुने साधारण सभामा प्रेरक प्रवचनका लागी अष्ट्रेलिया आइपुगेका छन । नेपालको पहाडि भेगमा ताररहित सञ्चार सेवाको विस्तार गरेर चर्चामा आएका पुन सुचना प्रविधिको क्षेत्रमा नेपालमा र नेपालबाहिर चिनिएको नाम हो । उनका कार्यहरुलाई अमेरीकाको नेब्रास्का विश्वविद्यालयको र्यामोन म्यागासेसे फाउन्डेसन र ग्लोबल आइडियाज बैकंले मान्यता दिएका छन । 

म्याग्दि जिल्लाको अतिदुर्गम गाँउमा जन्मिएका पुनको वाल्यकाल गाइवस्तु चराएर वितेको थियो । स्थानिय स्तरमा शिक्षाप्रतिको चेतनाको चरम अभाव रहेको र सवैजसो मानिसहरु गोर्खा राईफल्सअन्तरगत विदेशी सेनामा जागिर खाने भएकाले न त गाउको विद्यालयमा श्रोत र साधन हुन्थ्यो न त योग्य शिक्षकहरु नै । भारतीय सेनाबाट निवृत्त भएपछि तराइमा वसाइ सर्ने र आफ्नो कमाई छोराको पढाइमा खर्च गर्ने पुनको वुवाको निर्णयले उनको जीवनमा मात्र नभएर देशकै सुचना प्रविधिको क्षेत्रमा निकै ठुलो परीवर्तन गर्यो ।

हाई स्कुल सकेपछि १२ बर्ष उनले तराईका विभिन्न विद्यालयहरुमा पढाए । त्यहि क्रममा विदेशी विश्वविद्यालयहरुमा आवेदन दिने क्रममा १९८९ मा अमेरीकाको नेब्रास्का युनिभरसिटिले आशिंक छात्रवृत्तिमा उनलाई भर्ना लियो । सन् १९९६ मा त्यस विश्वविद्यालयबाट स्नातक गरी पुन आफुले २४ बर्षअगाडि छोडेको त्यो दुर्गम बस्तिमा फर्किएर दिर्घकालिन शिक्षाको र आर्थिक विकाशका लागी काम गर्न थाले । म्याग्दिमा हिमाञ्चल हाइ स्कुलको स्थापना गरिसकेपछि  उनी पुन नेब्रास्का युनिभरसिटि फर्किए र सन् २००१ मा शैक्षिक व्यस्थापनमा स्नाकोत्तर गरी फर्किए । अमेरीका बस्दा उनले सुचना तथा सञ्चारको महत्ववारे राम्रोसँग बुझ्ने अवशर पाए र प्रविधिले उनको गाउको शिक्षा तथा आर्थिक विकाशमा समेत उल्लेख्य योगदान पुर्याउने ठम्याई जापान, अष्ट्रेलिया, मलेसिया, सिंगापुर, अमेरीका लगायतका देशहरुमा कार्यक्रमहरु गरी त्यहा प्रयोग भइसकेका कम्युटरहरु संकलन गरे । त्यसलाई उर्जा दिनका लागी भने सिंगापुरका सगरमाथा आरोहीहरुले सगरमाथा चढ्ने क्रममा सहयोग गरेको साना हाइड्रो जेनेरेटरहरुलाई प्रयोग गर्दै पावर हाउसको स्थापना गरे । त्यपछि उनले विद्यार्थी तथा शिक्षकहरुलाई कम्प्युटर शिक्षा दिन थाले । त्यवेला म्याग्दिको उक्त गाउँमा टरलिफोन थिएन । युरोप र अमेरीकाकाका स्वयंसेवकहरुको सहयोगमा रुखमा टेलिभिजनको डिस ऐन्टेना प्रयोग गर्दै टेलिफोनसमेत भित्र्याए ।

पुनले सन २०१२ देखी राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा लिइ अगाडि बढिरहेका छन । राष्ट्रिय आविष्कार केन्द्रको मुख्य उदेश्य नेपालको आर्थिक विकाशका निमित्त खोज र अनुसन्धानलाई तीब्र पार्ने रहेको छ । आविष्कार केन्द्रको स्थापनाका लागी पुनले सरकारसँग निकै चरणमा भेटघाट तथा वार्ताहरु गरे तर यो सफल हुन सकेन । केही समय अघि नेपालको प्रधानमन्त्रि रहदा पुश्पकमल दाहालले १ करोड पचास लाख राष्ट्रिय आविष्कार केन्द्रलाई दिने घोषणा गरेका छन । पुनले भने आविष्कार केन्द्रको खातामा रकम नआइञ्जेल विश्वस्त हुन नसक्ने बताएका छन । रकम आएपनि उक्त रकम आविष्कार केन्द्रका लागी पर्याप्त हुनेछैन । तसर्थ उनी विश्वभरका नेपालीहरुलाई उक्त केनद्रको आविश्कारका लागी सहयोग गर्न आग्रह गर्दै देश-विदेश दौडाहमा छन । अाविष्कार केन्द्रको स्थपनाका लागी पुनले आफ्नो जग्गादान गरिसकेका छन ।

पुन रकम संकलनका लागी भने अर्को महिना अर्थात अगष्टमा अष्ट्रेलिया आउने वुझिएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading