अष्ट्रेलियाको स्वास्थ सेवा प्रणाली विश्वमै दोस्रो
१९ जुलाई २०१७, एडिलेड- अष्ट्रेलियाको स्वास्थ सेवा प्रणाली विश्वमै दोस्रो रहेको यहाको 'द सिड्नी मोर्निङ हेराल्ड' पत्रिकाले लेखेको छ । अमेरीकाको 'द कमनवेल्थ फण्ड' नामक संस्थाको एक अध्यायनलाई उदृत गर्दै पत्रिकाले लेखेको हो । उक्त संस्थाले विश्वका ११ बिकसित देशहरुको स्वास्थ सेवा प्रणालीहरुमा हेरचाह प्रक्रिया, पहुंच, प्रशासनिक क्षमता, लागत र उत्पादकत्वलाई अधार मानेर अध्यायन गरेको थियो । विज्ञहरुले प्रणाली उच्च रहेपनि अष्ट्रेलियाको सवैभन्दा विपतमा रहेकाहरुको भने समस्यामा हुनसक्ने कुरामा ध्यानाकर्षण गराएका छन ।
अष्ट्रेलियाको स्वास्थ सेवा प्रणाली सुरक्षा, उत्पादकत्व र बिरामीलाई हुने फाइदाका हुसावले उच्च मानिएपनि गरीब अष्ट्रेलियनहरुको हकमा भने नराम्रो देखिएको छ । अघिल्लो बर्षहरुमा दशजनामध्ये १ जना अष्ट्रेलियनले उपचारखर्चका कारण स्वास्थसेवाको पहुंचभन्दा बाहिर रहनुपरेको देखाएको थियो । मुल्यका हिसाबले पहुच हेर्ने हो भने अष्ट्रेलियाको स्वास्थ प्रणाली सातौंमा खस्कन्छ ।
अध्यायन गरिएको ११ देशहरुको स्तर देहाबमोजीम देखिन्छ ।
१. संयुक्त अधिराज्य
२. अष्ट्रेलिया
३. निदरल्याण्ड
४. न्यु जिल्याण्ड
५. नर्वे
६. स्विजरल्याण्ड
७. स्विडेन
८. जर्मनि
९. क्यानडा
१०. फ्रान्स
११. संयुक्त राज्य अमेरीका
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस