अष्ट्रेलियाको स्वास्थ सेवा प्रणाली विश्वमै दोस्रो

तस्विर: सिड्नी मर्निङ हेराल्डबाट साभार (गेलेन्ट हन्ट)

१९ जुलाई २०१७, एडिलेड- अष्ट्रेलियाको स्वास्थ सेवा प्रणाली विश्वमै दोस्रो रहेको यहाको ‘द सिड्नी मोर्निङ हेराल्ड’ पत्रिकाले लेखेको छ । अमेरीकाको ‘द कमनवेल्थ फण्ड‘ नामक संस्थाको एक अध्यायनलाई उदृत गर्दै पत्रिकाले लेखेको हो । उक्त संस्थाले विश्वका ११ बिकसित देशहरुको स्वास्थ सेवा प्रणालीहरुमा हेरचाह प्रक्रिया, पहुंच, प्रशासनिक क्षमता, लागत र उत्पादकत्वलाई अधार मानेर अध्यायन गरेको थियो । विज्ञहरुले प्रणाली उच्च रहेपनि अष्ट्रेलियाको सवैभन्दा विपतमा रहेकाहरुको भने समस्यामा हुनसक्ने कुरामा ध्यानाकर्षण गराएका छन ।

अष्ट्रेलियाको स्वास्थ सेवा प्रणाली सुरक्षा, उत्पादकत्व र बिरामीलाई हुने फाइदाका हुसावले उच्च मानिएपनि गरीब अष्ट्रेलियनहरुको हकमा भने नराम्रो देखिएको छ । अघिल्लो बर्षहरुमा दशजनामध्ये १ जना अष्ट्रेलियनले उपचारखर्चका कारण स्वास्थसेवाको पहुंचभन्दा बाहिर रहनुपरेको देखाएको थियो । मुल्यका हिसाबले पहुच हेर्ने हो भने अष्ट्रेलियाको स्वास्थ प्रणाली सातौंमा खस्कन्छ ।

अध्यायन गरिएको ११ देशहरुको स्तर देहाबमोजीम देखिन्छ ।

१. संयुक्त अधिराज्य
२. अष्ट्रेलिया
३. निदरल्याण्ड
४. न्यु जिल्याण्ड
५. नर्वे
६. स्विजरल्याण्ड
७. स्विडेन
८. जर्मनि
९. क्यानडा
१०.  फ्रान्स
११. संयुक्त राज्य अमेरीका

Leave a Reply