‘रोएर बसें’ गीतको म्युजिक भिडियो सार्बजनिक
आर सी थापाको संगीत, स्वरुपको स्वर र विष्णु सुबेदीको शब्द
१३ जुन २०१७, एडिलेड- चर्चित गायकद्वय सत्य र स्वरुपराज आचार्य र गीतकार तथा संगीतकार आर सी थापा को एल्बम प्रारम्भमा समेटिएको "रोएरै बसें" बोलको गीतको म्युजीक भिडियो सार्वजनिक भएको छ । आर सी थापाको संगीत रहेको उक्त गीतमा चर्चित गायक स्वरुप राज आचार्यको स्वर रहेक छ । गीतमा शब्दहरु बिष्णु सुबेदीको रहेका छन् । सत्य-स्वरुप इन्टरटेन्मेन्टको ब्यानरमा बनेको उक्त म्युजिक भिडियोको सुटिङ जीवन रसाइलिले, संयोजन राजन इशानले, रेकर्डिङ कृष्ण महर्जनले, मिक्सिङ शुशिल शाहले गरेका छन भने म्युजिक भिडियोमा रेम्बो अघिकारी र आर सी थापाकै अभिनय रहेको छ ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज- ग्लोबल समितिका महासचिबसमेत रहेका थापा एडिलेडमा रहेर नेपाली गीत संगीतका क्षेत्रमा सक्रिय रहेका छन । विदेशकै वस्तुस्थिति र पुर्णरुपमा एडिलेडमा सुटिङ्ग भएको उक्त म्युजीक भिडियोलाई यस लिङ्कमा क्लिक गरेर हेर्न सकिन्छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस