जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल
एयरबसस्पेनी सहर बार्सिलोनाबाट जर्मनीको डसेलडर्फ जाँदै थियो।
एउटा अनलाइन फ्लाइट ट्रयाकरले ३८ हजार फिट उचाईमा उडीरहेको जहाज ६ मिनेटपछि नै १४ हजार फिट तल झरी २४ हजार फिटमा उडेको जनाएको छ। जर्मनविङ्स वायुसेवा जर्मन वायुसेवा लुफ्थान्साको सहायक कम्पनी हो।

जहाजमा ६७ जना जर्मन यात्रु रहेको भने पनि संख्या घटबढ हुनसक्ने वायुसेवाले जनाएको छ। बेलायती समाचार एजेन्सी रोयटर्सले ४५ यात्रु स्पेनी भएको उल्लेख गरेको छ। यात्रुमा जर्मनीको उत्तर पश्चिमी क्षेत्रको एउटा विद्यालयका १६ जना छात्रछात्रा र दुई जना शिक्षकसमेत रहेको सञ्चारमाध्यमले जनाएका छन्।
जहाजले स्थानीय समयअनुसार १०ः४७ मा संकटकालीन सहायता मागेको फ्रान्सेली गृह मन्त्रालयले जनाएको छ। तर त्यसबारे विस्तृत विवरण भने दिएन।
फ्रान्सेली राष्ट्रपति ओलाँले भने, ‘दुर्घटनाको परिस्थितिबारे अझै स्पष्ट भइनसकेकोले हामी जहाजका कोही पनि जीवित नरहेको सोच्न बाध्य भएका छौं।’ उनले जहाज दुर्घटना दुःखद भएको भन्दै दुर्घटनास्थल पुग्न अत्यन्त कठिन रहेको जनाए। फ्रान्सेली अधिकारीले हेलिकप्टरबाट मात्र दुर्घटनास्थल पुग्न सम्भव भएको जनाएका छन्। हिउँले ढाकिएको र दुर्गम ठाउँ भएकाले त्यहाँ पुग्न हेलिकप्टर वा स्कि गर्दै जानुपर्ने उनीहरूले बताए।
राष्ट्रपति ओलाँले जर्मन चान्सलर एन्जेला मर्केललाई टेलिफोन गरी समवेदना व्यक्त गरे। फ्रान्सको भ्रमणमा रहेका स्पेनका राजा फेलिपेले जहाज दुर्घटनाका कारण बाँकी भ्रमण रद्द गरेका छन्।
गृह मन्त्रालयका प्रवक्ता पियरे हेनरी ब्रान्डेटले जहाजको अवशेष फेला परेको जानकारी दिए। जहाज दुर्घटना भएको ठाउँ मिलन्स–रेभेल्स आल्प्स पर्वत शृंखलामा करिब दुई हजार मिटर उचाइमा रहेको उनले बताए। जहाजको उद्धारका लागि सर्च एन्ड रेस्क्यू समूह दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेका क्षेत्रीय परिषद प्रमुख एरिकले बताए।
फ्रान्सेली प्रधानमन्त्री म्यानुएल भाल्सले गृहमन्त्री बर्नार्डलाई दुर्घटनास्थल निरीक्षणका लागि पठाएको र उद्धारकार्य समन्वय गर्न मन्त्रीस्तरीय संकटकालीन एकाइ गठन गरेको जानकारी दिए।
लुफ्थान्साका प्रमुख कार्यकारी अधिकृत कासर्टन स्परले सामाजिक सञ्जाल टि्वटरमार्फत् दुर्घटनाको जानकारी पाए पनि ४यू९५२५ को उडानमा के भयो थाहा हुन नसकेको जनाएका छन्। उनले यात्रु र चालक दलका सदस्यका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
एयरबस र जर्मनविङ्सले जहाज दुर्घटनाबारे जानकारी पाएको जनाए पनि पुष्टि भने गरेका छैनन्। दुर्घटनापछि जर्मनी, फ्रान्स र स्पेन शोकमग्न भएका छन्।
मर्केल दुर्घटनास्थल जाने
जर्मन चान्सलर मर्केल बुधबार फ्रान्सको आल्प्स पर्वत शृंखलास्थित दुर्घटनास्थल मिलन्स–रेभेल्स जाने भएकी छन्। उनले राजधानी बर्लिनमा पत्रकारहरूमाझ बुधबार आफू दुर्घटनास्थल जाने र उद्धारमा संलग्न फ्रान्सेली अधिकारीसँग भेटघाट गर्ने बताइन्।
मर्केलले जहाज दुर्घटनाबारे धेरै जानकारी आइ नसकेको भन्दै दुर्घटनाको कारण थाहा नभएको बताइन्। उनले आफू फ्रान्सेली राष्ट्रपति र स्पेनी प्रधानमन्त्रीसँग निरन्तर सम्पर्कमा रहेको भन्दै उद्धारमा आवश्यक सहयोग गर्न सबै तत्पर रहेको जानकारी दिइन्।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
९ चैत २०७१, पेरिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।
१ सय ४४ यात्रु र चालक दलका ६ सदस्यसहित जहाजको दुर्घटनाबारे जानकारी दिँदै फ्रान्सेली राष्ट्रपति फ्राँस्वा ओलाँले दुर्घटनास्थल दुर्गम भएकाले कोही पनि जीवित हुने सम्भावना न्यून रहेको बताए। उडान ४यू९५२५ को जर्मनविङको
प्रतिकृया दिनुहोस