रीतुले चुमिन पहिलो नेपाली साउथ अष्ट्रेलियन डान्सिङ्ग स्टारको ताज

३० मे २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको नेपाली डान्सिङ स्टारको ताज रीतु रानालाई हस्तान्तरण गर्दै एेतिहासिक “साउथ अष्ट्रेलियन डान्सिङ स्टार २०१७” आइतवार सम्पन्न भएको छ । एडिलेडको समुदायिक संस्था एडिलेड नेपाल को आयोजनामा आइतवार बिहान ११ बजेदेखी Marion RSL मा कार्यक्रम सम्पन्न भएको थियो । जुनियरतर्फको उपाधि भने नोमिका खनालले जितेकि छन ।

सिनियरतर्फ भर्साटाइल डान्सर र फस्ट रनर अपको उपाधि आशिक राइले जितेका छन भने सिनियरतर्फकै  तेस्रो उपाधि एलिसा श्रेष्ठले आफ्नो पोल्टामा पार्न सफल भएकि छन ।  यसैगरी मुल्याकंनकर्ताहरुको तर्फबाट प्रदान गरिएको विशेष जुरी अवार्डबाट इमेज शाही पुरस्कृत  भएका छन् । 

१३ बर्षमुनि अर्थात जुनियरतर्फको दोस्रो र तेस्रो अवार्ड आर्शिका पोख्रेल र अन्वेशा लम्सालले जितेका थिए । बिजेताहरुलाई ताजका अलावा ल्याप्टप, स्मार्टफोन, नगद पुरस्कार तथा गिफ्ट ह्याम्परहरु प्रदान गरिएको थियो । उपस्थितहरुलाई प्रवेश निशुल्क गरिनुका साथै निशुल्क खानाको समेत ब्यवस्था गरिएको थियो । सिनियरलाई पहिलो पुरस्कार ल्यापटकको सौजन्य अशोक केसीले गरेका थिए भने दोस्रो पुरस्कार स्मार्टफोनको सौजन्य इप्लानेटका देवराज कडेलले गरेका थिए । सिनियरतर्फको तेस्रो बिजेतालाई संस्थाले नगद पुरस्कार प्रदान गरेको थियो । जुनियरतर्फका तिनैजना बिजेतालाई अजी फाइनान्स एण्ड होम लोन्सले बिशेष गिफ्ट ह्यामपर प्रदान गरेको थियो ।

18766455_1430816927007915_4180958499654845408_o

१३ महिना अघि एडिलेड आएकी दमौलीको उपाधि बिजेता रीतु हाल इक्वेल्स कलेजमा अध्ययनरत छिन । साउथ अष्ट्रेलिया डान्सिङ स्टारले बिभुषित हुदा कस्तो अनुभव भइरहेको छ भन्ने प्रश्नको जवाफमा उनले भनिन – “हे..हे..हे..एकदम गर्व र धन्य महशुस भैरहेको छ । ” सवैलाई सहयोग र  मायाका लागी धन्यबाद भन्दै उनले साउथ अष्ट्रेलियन डान्सिङ स्टार आयोजकलाई मौका दिएकोमा धेरै धन्यबाद दिइन ।

एडिलेड नेपालले निकै उत्कृष्ट कार्यक्रम गर्न सफल भएको छ ।” इनास साउथ अष्ट्रेलियाका विकाश शर्मा पोखरेलले अनलाईन एडिलेडलाई बताए ।

पाठशालाकि प्रधानाध्यापक अनिता लम्सालले कार्यक्रम निकै उत्कृष्ट भएको भन्दै आयोजकलाई धन्यवाद दिएकि छन ।

कार्यक्रमको मुल्याङ्कन गर्नका लागी सिड्नीबाट आएका “द नेक्स्ट” समुहले न्यानो स्वागतका लागी एडिलेडवासीलाई घन्यवाद दिदै गोकुल ढकालको साउथ अष्ट्रेलियाका नृत्यकारहरुलाई ठाँउ दिने उत्कृस्ट शुरुवातका प्रशंसा गर्दै सम्पुर्ण बिजेताहरुलाई धन्यवाद दिएको छ ।

18768383_1430808763675398_6447074171709263570_oकार्यक्रम सोचेअनुरुपकै भब्य र व्यवस्थित भएकाले अफु निकै हर्षित भएको प्रतिकृया एडिलेड नेपालका अध्यक्ष गोकुल ढकालले दिएका छन । “सबै कार्यक्रम निर्धारीत समयमा नै भयो, कार्यक्रम भनेकै समयमा शुरु र अन्त्य गर्न सकियो भने कलाकार र उपस्थितहरु कार्यक्रम सकिञ्जेलसम्म बसिदिनुभयो । कलाकारले नृत्य प्रस्तुत गरिरहदा कलाकारको स्टेपिङअनुसार दर्शकहरुले दिनुभएको साथले मलाई दिएको आनन्दको बर्णन म गर्न सक्दिन । ” ढकालले भने ।

“नेपाली कला संस्कृतिको संरक्षण गर्ने यस शुभकार्यको थालनी हामीले गरेका छौं, अन्य संस्थाले नै गरुन तर अष्ट्रेलियाभर यस कार्यक्रमले फैलियोस भन्ने हाम्रो चाहना छ । आयोजक एडिलेड नेपाल नै हुनुपर्छ भन्ने छैन । ” उनले थपे ।

18700738_1430836653672609_8774182873791268514_o18768184_1430824863673788_8336801465597127701_o

Leave a Reply