अष्ट्रेलियामा “मलाई सुन्न सक्नुहुन्छ ?” स्क्याम, सतर्क रहन प्रहरीको सुझाव
९ मे २०१७, एडिलेड- प्रहरीले अष्ट्रेलियामा नयाँ ठग्ने शैलिवारे सतर्क रहन सबैलाई सुझाएको छ । यस वर्षको शुरुवातमा अमेरीका र संयुक्त अधिराज्यमा तहल्का मच्चाएको उक्त स्क्याम अष्ट्रेलिया प्रवेश गरेको प्रहरीले जनाएको छ ।
उक्त स्क्याममा स्क्यामरहरुले मानिसको मोबाइलमा फोन गरेर "Can you hear me? " भनेर सोध्ने गर्छन र जवाफ पाउनासाथ फोन डिस्कनेक्ट हुन्छ । यसरी कुनै नौलो नम्बरबाट फोन आएमा र उक्त प्रश्न सोधेमा तुरुन्त फोन डिस्कनेक्ट गर्नका लागी प्रहरीले सुझाएका छन ।
कसरी हुन्छ त स्क्याम ?
स्क्यामरहरुले मानिसको मोबाइलमा फोन गरेर “Can you hear me? ” भनेर सोधेपछि तपाईले “Yes” भनेर दिएको जवाफलाई स्क्यामरहरुले रेकर्ड गर्छन र फोन न्डिस्कनेक्ट गर्छन । यसरी तपाईले जवाफ दिदा उनीहरुको स्वार्थ पुर्ति भइसकेको हुन्छ । किनभने अष्ट्रेलियामा बैकं, बित्तिय संस्था तथा सरकारी कार्यलयहरुले प्रयोग गर्ने “स्वर परीक्षण प्रणाली” का लागी उनीहरुले तपाईको आवाजको स्याम्पल लिइसकेका हुन्छन र तपाईको एकाउन्टहरुलाई दुरुपयोग गर्दै तपा़को एकाउन्टहरुबाट उनीहरुको पेमेन्टहरु गर्न सक्छन ।
यस्ता कलको सिकार भएमा के गर्ने ?
यदी तपाई यस्ता फोन कलको सिकार हुनुभएको छ भने आफ्ना बैंक एकाउन्टहरुको सुक्ष्म निगरानी शुरु गरिहाल्नुहोस र केही असामान्य गतिविधी देखिए तुरन्त प्रहरी र सम्बन्धित बैंकलाई खवर गरिहाल्नुहोस् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस