ताजा खवरहरु:

सिड्नीमा पनि भब्य बन्यो सत्य-स्वरुप साँझ

गौतम बुद्दको शहरको लोकार्पण

८ मे २०१७, सिड्नी- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाको साँगीतिक टुरको क्रममा शनिवार सिड्नीमा आयोजित कार्यक्रमपनि भब्य रुपमा सम्पन्न भएको छ । सिड्नीमा इनासको न्यु साउथ वेल्स राज्यसमितिले कार्यक्रमको आयोजना गरेको थियो । इनासको स्थानिय कलाकारलाई प्राथमिकता दिने उदेश्यअनुरुप सिड्नीका उदयमान नेपाली कलाकारहरुको पनि कार्यक्रममा दमादार प्रस्तुति रहेको थियो । कार्यक्रममा साहित्यकार राजेश्वर घिमिरेको साहित्यिक कृति "गौतम बुद्दको शहर" को पनि लोकार्पण गरिएको थियो । उक्त कृतिको लोकार्पण इनास अष्ट्रेलियाका संस्थापक अध्यक्ष डा. रामकृष्ण निरौला, गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल तथा इनास अष्ट्रेलिया सल्लाहकार स्वतन्त्र प्रताप शाहले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा सिड्नीको स्थानिय नेपाली ब्याण्ड RAD'S Studio ले पनि नेपाली सुगम संगीत र गजलहरु प्रस्तुत गरेको थियो ।  

राधिका बानियाले सञ्चालन गरेको कार्यक्रममा गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, इनास अष्ट्रेलिया सल्लाहकार एवं उद्यमी स्वतन्त्र प्रताप शाह, भरत पोखरेल लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो । “सिड्नीमा हुनेगरेका कार्यक्रमहरुमा निकै पछि यत्तिको ठुलो नेपालीहरुको उपस्थिति देख्न पाइयो ।” उपस्थितहरु एकआपसमा कुराकारी गरिरहेका थिए । व्यस्तताहरु बिच समय छुट्याएर आइ कार्यक्रम सफल बनाउन मद्त गर्ने दर्शकहरु एबं कार्यक्रमलाई प्रायोजन गरी सहयोग गर्ने सम्पुर्ण व्यावसायीहरुलाई आयोजकका तर्फबाट इनास अष्ट्रेलिया अध्यक्ष ईश्वर पोखरेलले धन्यबाद दिए । “सिड्नीका दर्शकहरुमाझ आफ्नो प्रस्तुति दिइरहदा निकै आनन्द आइरह्यो” गायक स्वरुपराज आचार्यले भने । यसका साथै उनले अष्ट्रेलियाका सम्पुर्ण नेपालीहरुलाई आफुहरुप्रति दर्शाएको सत्भावका लागी धन्यवाद दिए ।

छोटो समयमा नै प्रवासमा नेपाली कला, संस्कृति, संगीत र साहित्यको उत्थान एवं नेपाली कलाकारहरुलाई परेको बखतमा सहयोग गर्ने उदेश्यले गठन भएको  इनासले अष्ट्रेलियामा लोकप्रियता हासिल गर्दै गइरहेको छ ।

१३ मे मा पर्थ र २० मेमा एडिलेडमा गजल साँझपछि उनिहरुको यसपालीको करिब डेढ महिना लामो अष्ट्रेलिया भ्रमण समापन हुनेछ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading