एनआरएनको सदस्यताप्रति अष्ट्रेलियावासी नेपालीको उदासिनता
२४ अप्रिल २०१७, एडिलेड- गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले ८ जुलाईका लागी आफ्नो अर्को कार्यकालका लागी निर्वाचनको मिति घोषणा गरेसँगै सदस्यता दर्ता खुलाएको छ । सदस्यता दर्ता ३० अप्रिलसम्मका लागी खुला गरेको हो ।
३० अप्रिलसम्मका लागी खुला गरिएको दर्तामा २४ तारीख बिहानसम्म अष्ट्रेलिया भरवाट १,२२९ जनाले मात्र दर्ता भएको पाइएको छ । साउथ अष्ट्रेलियाको २४ तारीख बिहानसम्मको तथ्याङ्कलाई हेर्दा जम्मा ७५ जनाको मात्र दर्ता देखीएको छ भने ५ जनाको निर्णय हुन बाँकि रहेको देखिएको छ । हाल नेतृत्वमा रहेका केहिले मात्र सदस्यता दर्ताको आह्वान गरेका छन भने कत्तिले २५ डलर तिरेर सदस्यता लिनुको अौचित्य वर्तमान नेतृत्वले पुष्टि गर्न नसकेका कारण सदस्यता दर्ताको आह्वान गर्न नसकिरहेको जिकिर गरेका छन । एनआरएनए अष्ट्रेलियाको नेतृत्वका लागी हालसम्म टोनु घोताने र स्वतन्त्रप्रताप साह को नाम चर्चामा रहेको छ ।
साउथ अष्ट्रेलियामा अशोक केसी र सर्वदा घिमिरेको नाम चर्चामा रहेको छ । नेतृत्वमा अरु केहीको पनि चर्चा रहेपनि सार्बजनिक रुपमा अघि बढिसकेको अवस्था छैन । चुनावमा जानपर्ने अवस्था नआए हुने भन्ने केहिले सोचिरहेको भएपनि हालसम्मको अवस्था हेर्दा साउथ अष्ट्रेलिया निर्वाचनमै जाने करिब निश्चित भएको छ ।
अन्तिम दिनमा अस्वभाविक रुपमा ह्वात्तै सदस्य संख्या बढ्ने आंकलन केहीले गरिरहदा त्यो अश्वभाबिक हुने र कतै तेसो भएको भेटिएमा छानबिन गरिने संयोजक उम्मेद्वार घोषणा गरिसकेका केसीले बताए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस