एनआरएनए अष्ट्रेलिया सदस्यता दर्ता खुला, सदस्यता लिन नेतृत्वकर्ताहरुको अपिल
११ अप्रिल २०१७, एडिलेड- गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले आफ्नो आगामी कार्यकालका लागी पदाघिकारीहरुको निर्वाचनको घोषणा गरेसँगै सदस्यता खुला गरेको छ । गैर आवाशिय नेपाली संघले आफ्नो आगामी कार्यकालका लागी आगामी जुलाई ८ का दिन निर्वाचन घोषणा गरेको हो । सदस्यहरुले ३० अप्रिल २०१७ सम्म आफ्नो सदस्यता दर्ता गर्न सक्नेछन । यसरी सदस्यता दर्ता खुला भएसँगै अष्ट्रेलियाभर चुनावी चहलपहल शुरु भएको छ भने सामाजीक सँजालमार्फत तथा फोनमार्फत आफ्ना पक्षका नेतृत्वमा इच्छा जाहेर गर्नेहरुको लागी 'लबिङ' शुरु भइसकेको छ ।
लामो समयदेखी एनआरएनएमा राजनिति बढ्यो भन्नेहरुको संख्यापनि ठुलो छ । यसैगरी केहीले एनआरएनएमा राजनिति नहुने हो भने संस्था निस्कृय भएर जान्छ भन्ने धारणापनि राख्ने गरेका छन् । सर्वसाधारणमाझ सदस्यताबारे अन्योलता पनि कायम नै छ र कत्तिले एनआरएनएको निर्बाचनमा भोट हाल्नका लागी ‘पिआर’ वा ‘अष्ट्रेलियन नागरीकता’ हुनैपर्ने भ्रमपनि फिजाउन थालेका छन् ।
के एनआरएनए सदस्यताका लागी ‘पिआर’ वा ‘अष्ट्रेलियन नागरीकता हुनैपर्छ ?
एनआरएन निर्वाचनको समिपतासँगै ‘पिआर’ वा ‘अष्ट्रेलियन नागरीकता’ लिइ नसकेका प्रवासी नेपालीहरुमाझ एक प्रश्न तेर्सिएको छ । के एनआरएनए सदस्यताका लागी ‘पिआर’ वा ‘अष्ट्रेलियन नागरीकता’ हुनैपर्छ ? यसको उत्तर रहेको छ, “पर्दैन” । गैर आवाशिय नेपाली संघको विधानअनुसार कम्तिमा दुइवर्ष नेपाल र सार्क राष्ट्रहरुबाहेकका देशमा गैर विद्यार्थी भिषामा बसेको ब्याक्ति गैर आवाशिय नेपाली संघको सदस्य हुनका लागी योग्य हुन्छ । सदस्यता दर्ता तलको लिंंकमा क्लिक गरि गर्न सकिन्छ । सदस्यता लिकं
साउथ अष्ट्रेलियामा चुनाबी चहलपहल
११ अप्रिलको बिहानसम्म २९ जनाले साउथ अष्ट्रेलियावाट एनआरएनए सदस्यता लिएको देखियो । साउथ अष्ट्रेलियामा यसपाली संयोजक, सह-संयोजक, सचीब, सह-सचीब, कोषाध्यक्ष, चार सदस्यय, एनआरएनए महिला संगठन नारी निकुञ्ज संयोजक, युवा संयोजक तथा दुइ एनसिसि सदस्य गरी १३ पदका लागी निर्वाचन हुदैछ । यसरी निर्वाचन गराउने आयुक्त सुरेन रेग्मी तोकिएका छन ।
गत निर्वाचनमा साउथ अष्ट्रेलियाको मुख्य शहर एडिलेडको निर्वाचनमा कडा प्रतिस्पर्धामाझ गोबिन्द रानालाई हराएर नबिन कडेल साउथ अष्ट्रेलिया संयोजक बन्न सफल भएका थिए । यसपालि पनि निर्वाचन हुन्ने करीब पक्का-पक्कि भइसकेको छ । संयोजक पदको दावी गरिरहेका छन सर्बदा घिमिरे र अशोक केसी ।
सर्बदा घिमिरे एडिलेड नेपाली समाजको संस्थापक अध्यक्ष हुन भने केसी केही समय सोही सस्थाको सचीव पदमा रहेर काम गरे । गतबर्षको निर्वाचनमा घिमिरे एनसिसिमा निर्वाचित भएकि हुन । केसी गत बर्षको निर्वानमा एनआरएनएको सचीव पदमा पराजीत भएका हुन । पराजीत भएरपनि केसीले बिगत दुइबर्षमा एडिलेडमा भएका हरेक सामाजीक कामहरुमा सक्रिय भएर लागी परेका छन भने समाजसेवीद्वय धुर्मुस-सुन्तलीको एकिकृत नमुना बस्तिको सहयोगार्थ उनको पहलमा भएको कार्यक्रममा एडिलेडबाट मात्र नेपाली १७ लाख बढी संकलन गर्न सहयोग गरेका थिए । केसी केही समयअघि एडिलेडमा गठन भएको प्रवासी नेपाली मञ्चका सचीवसमेत हुन । प्रवासी नेपाली मञ्च एमालेनिकट प्रवासी नेपालीहरुको संस्था हो । अनलाईन एडिलेडसँग कुरा गर्दै केसीले भने- “प्रवासी नेपाली मञ्च केवल संगठित हुने तरीका मात्र हो । हामी एनआरएनएको निर्वाचनमा प्रवासी नेपाली मञ्चको सदस्यभन्दापनि बढी एडिलेडको नेपाली समुदायको सदस्यका रुपमा जानेछौं । हामीलाई नेपालको दलको भ्रातृ संगठनको सदस्यभन्दा हामीले यहाको समुदायका लागी गरेको योगदानका आधारमा यहाँका नेपालीहरुले मुल्यांकन गर्नुहुनेछ भन्ने हाम्रो ठम्याइ रहेको छ ।”
यसैगरी घिमरेले आफु अष्ट्रेलियाभरीबाट राज्यसमितिको पहिलो महिला संयोजक दावेदार रहेकाले यसपटकको जिम्मेवारी आफुले पाउनुपर्ने जिकिर गरिन । घिमिरेले भनिन- “अष्ट्रेलियाभरीबाट राज्यसमितिमा आजसम्म कुनै महिलाले संयोजक पदमा दाबी गरेको यो नै पहिपटक हो । त्यसैले साउथ अष्ट्रेलियाले यसपटक मलाई मौका दिनुपर्छ ।”
एनआरएनए सचीब नबीन पन्तको नामसमेत चर्चामा रहेपनि पन्तले हालसम्म सार्वजनिक रुपमा केही बोलेका छैनन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस