ताजा खवरहरु:

नेपाली नयाँ वर्षमा अष्ट्रेलियाभरी नै ‘सत्य-स्वरुप साँझ’

satya-sworoop२७ फेब्रुवरी २०१७, सिड्नी‍- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाले नेपाली नयांवर्षको अवशरमा अष्ट्रेलियाभर सांगीतिक कार्यक्रम गर्ने बताएको छ । नेपाली सुगम सँगीत क्षेत्रका दुइ सुपरिचित गायकहरु सत्यराज र स्वरुपराज आचार्यका साथमा “सत्य-स्वरुप साँगीतिक साँझ २०७४” आयोजना गर्न लागिएको इनास सचिवालयले जनाएको छ । इनास अष्ट्रेलियाले आफ्ना राज्यसमितिहरुसँगको समन्वयमा उक्त कार्यक्रम गर्न लागेको हो । इनासको राज्य समितिहरु नभएको अथवा निस्कृय रहेका राज्यहरुमा भने इनासले अन्य कार्यक्रम आयोजक संस्थाहरुसँगको समन्वयमा कार्यक्रम गर्ने बताइएको छ । हालसम्म प्राप्त जानकारी अनुसार एडिलेड, सिड्नी, मेलवर्न, ब्रिसवेन र डार्विनमा कार्यक्रम हुने निश्चित भइसकेको छ । इनास सचिवालयका अनुसार १५ अप्रिलमा डार्विन, २२ अप्रिल एडिलेड, २९ अप्रिल मेलवर्न र ६ मे सिड्नीमा कार्यक्रम हुने निश्चित भइसकेको छ । ब्रिसवेनको मितिपनि निकट भविष्यमा सार्वजनिक हुने बुझिएको छ । एडिलेड, सिड्नी र ब्रिसवेनमा इनासले आफ्नै राज्यसमितिसँगको समन्वयमा तथा मेलवर्नमा ७ एपिक इन्टरटेनमेन्ट र डार्विनमा नेप्लिज कम्युनिटि अफ नर्दन टेरिटरीसँगको सहकार्यका इनासले कार्यक्रम गर्न लागेको हो । 

सत्य र स्वरुपराज आचार्य गायनमा स्वर्णपदक बिजेता भजन शिरोमणी भक्तराज आचार्यका छोराहरु तथा आजका दिनमा गुगलमा सर्वाधिक खोजिहुने नेपाली सुगम संगीतका गायकमध्येमा पर्छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading