एनआरएन अमेरिकाको गत निर्वाचनमा उम्मेद्वारले आफ्नो पैसामा सदस्यता दिलाएको अदालतबाट पुस्टि
आरोपीको छ हजार मुद्दा खर्च आरोपितले तिर्न पर्ने
५ फेब्रुवरी, न्यूयोर्क- एनआरएन अमेरिकाको बर्तमान नेतृत्व चयनका बेला भएको बिबादका बारे परेको मुद्धा एनआरएन अमेरिकाको बिपक्षमा फैसला भएको छ । निर्बाचनमा कुन राज्यबाट कुन उम्मेदवारलाई कति भोट आएको छ भन्ने बिवरण हेर्न पाउनु पर्ने माग सहित निर्बाचनमा पराजित भएका उम्मेदवारहरुले दायर गरेको मुद्धामा टेनेसीको अदालतले निवेदकहरुकै पक्षमा फैसला गरेको हो । फैसला पश्चात निबेदकहरुका तर्फबाट ३ जनाले मत परिणामको बिवरण हेर्न पाउने भएको मुद्धा दायर गर्ने मध्येका एक सन्जीब श्रेष्ठले बताए । एनआरएन अमेरिकाले प्राप्त मतको बिवरण अदालतमा पेश गरिसकेको जनाइएको छ । अदालतले गरेको फैसलामा निबेदकहरुले मुद्धा प्रकृयामा लागेको ६ हजार अमेरिकी डलर खर्च पनि एनआरएन अमेरिकाले नै तिर्नु पर्ने फैसला गरिदिएको जनाइएको छ ।
निर्बाचनको बेला एउटै आईपी र क्रेडिट कार्डबाट धेरै सदस्य बनाइएको जस्ता आरोपहरु निबेदकका रहेका थिए । अदालतमा मुद्धा दायर गर्नेहरुमा नागेन्द्र पौडेल, गणेश कुंवर, कुन्ती थापा, सन्जीब श्रेष्ठ, रबिन बज्राचार्य, लगायत रहेका थिए। फैसला पछि निबेदकहरुले खुशी ब्यक्त गर्दै आफुहरु अब एनआरएन अमेरिका सबैको साझा संस्था बन्नेमा आशाबादी रहेको बताएका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस