अष्ट्रेलियामा नेपाली खाना महोत्सव
नेपाली कला, संस्कृति र पर्यटन प्रवर्दन भइरहेकोमा अब नेपाली खाना पनि
२ फेब्रुवरी २०१७, सिड्नी- अष्ट्रेलियामा नेपाली कला-संस्कृति तथा पर्यटन प्रवर्दनका लागी विभिन्न कार्यक्रमहरु भइरहेकोमा पछिल्लो समयमा नेपाली खाना प्रवर्दनको पनि कार्यक्रम शुरु भएको छ । अष्ट्रेलिया सबैभन्दा ठुलो शहर सिड्नीमा ८ अप्रिलमा 'नेपाली खाना महोत्सव' हुन लागेको हो । महोत्सव सि्ड्निको बेलमोर पार्कमा बिहान ११:३० बजेदेखी साझ ७ बजेसम्म सञ्चालन हुन लागेको हो । खाना महोत्सवमा अष्ट्रेलियामै सञ्चालित विभिन्न रेष्टुरेन्टहरुले सहभागिता जनाउने छन । यसका साथै खास नेपाली स्वादका लागी नेपालबाट समेत सेफहरु आउने आयोजक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल होटल व्यावसायी संघका प्रतिनिधीको समेत सहभागीता रहेने उक्त कार्यक्रममा मो:मो खाने प्रतियोगीताको समेत आयोजना हुने बताइएको छ । प्रवेश निशुल्क रहने उक्त कार्यक्रममा खानाको भने पैसा लाग्ने छ । खानाका अलावा कार्यक्रममा उपस्थितहरुले विभिन्न सांस्कृतिक एवं सांगीतिक प्रस्तुतिको मजासमेत लिन पाउनेछन् । नेपाली खानाको लागी मात्र छुट्टै कार्यक्रम आयोजना गरिएको सायदै अष्ट्रेलियामा पहोपटक होला ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस