ताजा खवरहरु:

विकेण्डमा काम गर्नुहुन्छ ? काटिन सक्छ पेनाल्टि रेट

सरकारका साठ्ठी बढी नेता पेनाल्टी रेटको बिरुद्ध

timthumb३१ जनवरी २०१७, एडिलेड- अष्ट्रेलियामा विकेण्डमा काम गरेर केही बढी बचत गरिरहनु भएको छ ? अब त्यो पेनाल्टि रेट काटिन सक्छ । हरेक चार वर्षमा विभिन्न क्षेत्रमा दिइने पेनाल्टि रेटवारे ' फेयर वर्क कमिसन' ले पुनर्विचार गर्ने गर्छ, र यसरी पुनर्विचार हुने बेला यही फेब्रुअरीको अन्त्यतिर हो ।

सरकारका ६० बढी सांसदहरु पेनाल्टी रेटको बिरुद्दमा छन ।

प्रतिपक्षमा रहेको लेबर दलले भने पेनाल्टि रेटको बचाउ गर्दै आएको छ । लेबर दलका नेता बिल सर्टनले म्याकोम टर्नबुल सरकारले पेनाल्टि रेट बचाउनका लागी केहीपनि नगरेको आरोप लगाएका छन् । बुघवार साँझ एक कार्यकर्ममा बोल्दै सर्टनले फेयर वर्क कमिसनले रिटेल र हस्पिटालिटि क्षेत्रको पेनाल्टि पेनाल्टि रेट हटाएमा पेनाल्टि रेटलाई फिर्ता ल्याउनका लागी कानुन परीवर्तन गर्न अभियान थाल्ने बताएका छन् । बुघवारको भाषणमा सर्टनले भने- "पेनाल्टि रेट कुनै मोजमस्तिका लागी होइन, तर यसले परीवारका लागी टेवलमा खाना र गाडीमा तेल भर्न सहयोग गर्छ । "

फेयर वर्क कमिशनले पेनाल्टि रेट हटाउने निर्णय गरेमा प्रतिपक्षले कानुन परीवर्तनको प्रक्रिया शुरु गर्नेछ । कानुन् माथिल्लो सदनबाट पारीत हुने संभावना नरहे पनि तल्लो सदनबाट भने पास हुने सम्भावना बढी छ । यसो भएमा लेवर दरले सरकारमा भएका दलहरुलाई पेनाल्टि रेटबिरुद्द भोट गर्न बाध्य पारेर उनीहरु पेनटल्टि रेटको विरुद्दमा नै छन भनेर प्रमाणित गर्ने छ ।
लेवरका नेता बिल सर्टनले आफु वर्कफोर्ष मन्त्रि भएका बेला कामदारहरुको विकेण्ड र सार्वजनिक विदामा गाम गरेर गरेको योगदानको कदर गर्दै पेनाल्टि रेट लागु गरेका थिए । यसरी प्रतिपक्षको भुमिका कस्तो हुने भन्ने कुराको निर्धारण फेयर बर्क कमिसनको फेब्रुअरी अन्त्यको निर्णयमा निर्धारीत हुने छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading