ताजा खवरहरु:

तेस्रो विश्व युद्दको खतरा

ट्रम्पले दिए सेनालाई ३० दिनभित्र ISIS समाप्त पार्ने योजना बनाउन आदेश

trump-4३१ जनवरी २०१७, अमेरीका- अमेरीकि राष्ट्रपतिको कुर्सीमा बसेदेखीनै निकै आक्रामक निर्णयहरु लिरहेका नवनियुक्त राष्ट्रपतिले डोनाल्ड ट्रम्पले अमेरीकि सेनालाइ अर्को निकै भयानक आदेश दिएका छन् । यो आदेशले विश्वलाई चकित पारेको छ भने ISIS को निन्द्रा खराब गरेको छ भन्ने टिप्पणीहरु संसारभर हुन थालेका छन ।  राष्ट्रपति ट्रम्पको अगुवाईमा ISIS का विरुद्द कडा कारवही हुनसक्ने आंकलन बिगतमा नै गरिएको भएपनि त्यो कस्तो खाले हुने भन्ने निश्चित भएको थिएन ।

ट्रम्पले आफ्नो आदेशमा भनेका छन, ISIS का रुपमा रहेको इस्लामिक

कट्टरपञ्थिहरुबाट अमेरीकालाई धेरैखाले खतराहरु रहेका छन र यो सबैभन्दा खतरनाक र आक्रमक पनि छ । ISIS आफ्नै राष्ट्रको निर्माणको तयारी पनि गरिरहेको छ ।  केही देशहरुलाई यसले आफ्नो अघिकार क्षेत्र रहेको पनि बताइरहेको छ तर यसलाई कुनै हालतमापनि स्विकार गर्न सकिदैन न त कुनैखाले सम्झौता नै संभव छ । यसै कारण म आफ्नो प्रशासनलाई ३० दिनभित्र उनीहरुलाई समाप्त पार्ने योजना बनाउन आदेश दिन्छु ।

ट्रम्पले आफ्ना देशबाट मुस्लिमदेशका नागरीकहरुलाई देशनिकालाको आदेश दिईसकेका छन भने इरानलगायतका देशका नागरीकलाई अमेरीकि भिषा नदिने घोषणा गरिसकेका छन । मंगलवार एकजना अष्ट्रेलियन विद्यार्थीको समेत पहिलोपटक अमेरीकि भिषा रिजेक्ट भएको खबर सार्बजनिक भइसकेको छ । ट्रम्पको पछिल्लो आदेशपछि विश्व तृतिय विश्वयुद्दमा जाने कि नजाने भन्ने कुराको निर्णय अमेरीकि सेनाको रणनितिमा भर पर्ने अनुमान गर्न थालिएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading