ताजा खवरहरु:

मेलवर्नबाट मुसहर बस्तिका लागी उठ्यो २० हजार डलर

महावाणिज्यदुत चन्द्र योन्जनले नेपाली १ लाख रुपैँया सहयोग गरेका छन

mel३१ जनवरी २०१७, मेलवर्न- महोत्तरीको मुसहर बस्तिको निर्माणार्थ सहयोग संकलनका लागी अष्ट्रेलिया भ्रमणमा रहेका हास्यकलाकार एवं समाजसेवी जोडी धुर्मुस (सिताराम कट्टेल) तथा सुन्तली (कूञ्जना घिमिरे) का लागी सहयोग संकलन हुने कार्य जारी छ । सिड्नी र एडिलेडपछी आइतबार मेलवर्नमा भएको "धुर्मुस-सुन्तली साँझ" कार्यक्रममार्फत २० हजार डलर संकलन भएको बताइएको छ । कार्यक्रममा ६०० बढीको उपस्थिति रहेको पनि जनाइएको छ । सिड्नीबाट करीब १७ लाख र एडिलेडबाट करीब १४ लाख नेपाली रुपया संकलन भइसकेको छ ।

भिक्टोरियाका लागि नेपाल सरकारका महावाणिज्यदुत चन्द्र योन्जनले नेपाली १ लाख रुपैँया सहयोग गरेको र सोमबार साझ भएको  डिनरबाट करिब २४ सय डलर सहयोग प्राप्त भएको बुझिएको छ । कलाकारहरु हालसम्मपनि मेलवर्नमै रहेको र सहयोग हुने क्रम जारी रहेको प्रदिप चापागाईले बताएका छन । संकलनको काम सकिएपछि सम्पुर्ण विवरण मिडियालाई उपलब्ध गराइने बताइएको छ । 

भुकम्पपछिको पुननिर्माणमा महत्वपुर्ण योगदान पुर्याएको यो जोडीले काभ्रे र सिन्धुपाल्चोकमा दुइ बस्तीहरुको निर्माणपछि हस्तान्तरण गरिसकेको छ भने नेपाली नया बर्षमा महोत्तरीको मुसहर बस्ति हस्तान्तरणको लक्ष लिएको छ । यसअघिका बस्तिहरु भनेकै समयमा हस्तानतरण गरेकाले यो बस्तिपनि तोकिएकै समयमा हस्तान्तरण हुनेमा सहयोगीहरु बिश्वस्त छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading