मेलवर्नको पेस्को भेलमा आमा र बच्चा मृत फेला
नेपाली भएको आशंका
३० जनवरी २०१७, मेलवर्न- मेलवर्नको पेस्को भेलमा अवस्थित एक घरमा आमा र बच्चा मृत फेला परेका छन् । "म र मेरो छोरा घरपछाडी बसिरहेका थियौं । हामीले घरवरपर पुलिसका गाडिहरु देख्यौं, जुन असामान्य थियो । मेरो घरको पछाडीको घरबाट मानिसहरु कराएको, रोएको जस्तो आबाज आइरहेको थियो । त्यस्तो हामीले पहिले कहिल्यै सुनेका थिएनौं ।" बिगत १४ बर्षदेखी पेस्को भेलमा बस्दै आएकि केट वकरले सम्बाददातालाई भनिन् ।
त्यसको एक घण्टापछि प्रहरीले सो घरभित्र एक महिला र एक बालकको सव भेट्यो । मृत्युको खास कारण पत्ता नलागेपनि हत्या नभएको प्रहरीको प्रारम्भिक अनुमान छ । हालसम्म घरभित्रै रहेको मृत शरीरको पहिचान हालसम्म हुन सकेको छैन ।
त्यस क्षेत्रमा दुघ पसल संचालन गर्ने एक महिलाले उक्त घरमा करीब ४० बर्षजतिकि एक नेपाली महिला बस्ने गरेको र कहिलेकाहि पसलमा बच्चा सँग आउने गरेको बताईन । सरली नाम गरेकि ति पसलवालीका अनुसार ती महिला खुसी नै देखिन्थिन् । ‘द एज’ म्यागेजिनले लेखेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस